कृषि तथा जीविकोपार्जन प्रवद्र्वन परियोजना द्धारा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई फलफुल वितरण
02:54
होलेरी रोल्पा , असोज १३
रोल्पाको होलेरीमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गरिएको छ ।
अष्टेलियन एडको आर्थिक सहयोग तथा आड्रा नेपालद्वारा रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज नेपाल रोल्पाद्वारा सञ्चालित कृषि तथा जीविकोपार्जन प्रवद्र्वन परियोजना ले रुन्टिगढी गाउँपालिका–६ होलेरी क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गरिको गरेको छ ।
रुन्टीगढी गाउँपालिका प्रवक्ता जगतवहादुर घर्ति मगर र होलेरी वजार व्यवस्थापन समितिका अध्यक्ष भुपाल वस्नेत तथा हेल्थ पोष्ट असिस्टेन्ट देवराज आचार्यको उपस्तीथिमा ४१ औ सामाजिक सेवा दिवस (सप्ताहव्यापी) को अवसरमा क्वारेन्टाईनमा रहेका २० जना व्यक्तिहरुलाई फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा होलेरी वजार व्यवस्थापन समितिका अध्यक्ष श्री भुपाल वस्नेतले
क्वारेन्टाईनको खानपिनको व्यवस्थापन सुधार गर्न को लागी सम्वन्धित निकाय मा पहल गर्ने जानकारी गराउनु भयो । यस्तै
क्वारेन्टाईनको सम्पुर्ण व्यवस्थापनका लागि सहजिकरण गरिने भन्दै गाऊपालिका प्रवक्ताले कार्यक्रमको समापन गर्नुभएको थियो ।
फलफुल वितरण कार्यक्रमको सहजीकरण परियोजना फिल्ड सहजकर्ता मदन घर्ति मगरले सहजिकरण गर्नुभएको
रुडास नेपाल रुन्टीगढी गाउँपालिका संयोजक बासुदेव पोख्रेलले जानकारी दिनुभएको छ ।