Type Here to Get Search Results !

नेपाली कांग्रेस रुन्टिगढी ६ ले विकास कार्यक्रममा अवरोध नगरेको दाबी

होलेरी रोल्पा ,भाद्र १९ गते रुन्टीगढी गाउँपालिका वडा नं ६ निमार्ण हुन लागेको स्वास्थ्य चौकी भवन निर्माणमा अवरोध नगरेको भन्दै नेपाली कांगे्रस रुन्टिगढी वडा नं ६ ले विज्ञप्ति निकालेको छ । स्वास्थ्य चौकी भवन निर्माण,सडक निर्माण लगायतका विकासका कार्यक्रमको विरोधी नेपाली कांगे्रस नभएको भन्दै विकास कार्यहरुमा सघाउन हरकदम लागि परेको नेपाली कांग्रेस रुन्टिगढी गाउँपालिका वडा नं ६ का सभापती भुप बहादुर बोहरा द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय स्तरमा निमार्ण हुन लागेको भवन सम्बन्धि स्थानिय समाजमा भ्र्रमपूर्ण र झठ्ठा आरोप फिजाइएको सन्दर्भमा नेपाली कांग्रेसले घोर विराध गर्दै वास्तविकता तथा सत्यतथ्य जनताको सामु ल्याउनको लागि विज्ञप्ति मार्फत जोडदार माग गरिएको नेपाली कांग्रेस रुन्टिगढी गाउँपालिकाका सभापति जनक पुनले जानकारि दिनुभएको छ । ।