Type Here to Get Search Results !

रुन्टीगढी ५ र ७ मा नेकपा का ३३ जना नेपाली कांग्रेसमा प्रवेश

होलेरी,रोल्पा भाद्र २१ शनिवार रोल्पा को रुन्टीगढी गाउँपालिका वडा नं ५ र ७ मा नेपाल कम्युनिष्ट पाटी का ३३ जना नेपाली कांग्रेस मा प्रवेश गरेका छन् । नेकपा का विभिन्न तह मा रहेका ३३ जना हरु लाइ एक कार्यक्रम का विच नेपाली कांग्रेस मा प्रवेश गराइएको छ । रुन्टीगढी ५ का पुर्व जनमुक्ती सेना का भाइस कमान्डर गगन बुढा को नेतृत्व मा १९ जना र रुन्टीगढी ७ मा महेन्द्र पुन र धरम पुन को नेतृत्वमा १४ जना नेपाली कांग्रेस मा प्रवेश गरेका हुन् । नेपाल कम्युनिष्ट पाटी ने.क.पा. कमिसन र भ्रष्टाचार मा लिप्त भएको भन्दै उक्त ३३ जना नेपाली कांगे्रस मा प्रवेश गरेको नेपाली कांगे्रस रुन्टीगढी गाउँपालिकाका सभापती जनक पुन ले जानकारी दिनुभएको छ ।