Type Here to Get Search Results !

३0 औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस होलेरीमा मनाइयो

होलेरी रोल्पा असोज,१५ आज रोल्पाको होलेरीमा ३o औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरीक होलेरीका तदर्थ समितिका अध्यक्ष दीर्घ खड्का को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिमा रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा उपाध्यक्ष छमाया पुन, प्रवक्ता जगत बहादुर घर्ती, वडा नं पाँचका अध्यक्ष याम बहादुर दशौदी, वडा नं सातका अध्यक्ष जंग बहादुर घर्ती, प्रसाशन प्रमुख इश्वरीराज पाण्डे, इलाका प्रहरी प्र्रमुख मेघनाथ चापागाइ, प्रहरी नायव निरिक्षक धु्रव बोहोरा, प्राथमिक स्वास्थ्य होलेरीका इन्चार्ज बुद्धिजिवि सेजवाल, होलेरी बजार व्यवस्थापन समितिका अध्यक्ष भुपाल बस्नेत, लगायतको उपस्थितिको कार्यक्रम सम्पन्न भएको हो । मैन बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले साठी बर्ष भन्दा बढी भएका आम जेष्ठ नागरिकको लागि रुन्टिगढी गाउँपालिकाको मुख्यमन्त्री कार्यक्रम अन्र्तगत होलेरीमा एउटा भवन निर्माण भई सकेको र आगामी बर्षमा पनि जेष्ठ नागरिकको लागि अन्य कार्यक्रम ल्याउने बताउनु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिकसँग अन्र्तक्रिया गरिनुको साथै जेष्ठ नागरिक ऐन सम्बन्धि प्रशासन प्रमुख इश्वरराज पाण्डेले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरी सम्मान गरिएको थियो । पाँच नं वडाका वडा अध्यक्ष याम बहादुर दशौदी रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला तथा बालबालिका शाखाका शाखा प्रमुख शिला मल्लले गर्नु भएको थियो ।।