सामाजिक सुरक्षा सम्वन्धी अन्र्तक्रिया कार्यक्रम होलेरी मा सम्पन्न
18:50
होलेरी,रोल्पा असोज २६ गते
आइतवार रोल्पाको रुन्टीगढी गाउँपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखा को आयोजनामा रुन्टीगढी गाउँपालिका अन्र्तगत का सम्पुर्ण वडा समिती का वडाअध्यक्ष तथा सचिव हरु लाई सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सम्वन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष वालाराम बुढा को अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा सामाजिक सुरक्षा,ब्यक्तिगत घटना दर्ता को वारेमा ब्यापक छलफल भएको बताइएको छ ।कार्यक्रम को सहजीकरण तथा प्रशिक्षण समेत गर्नु भएका पंजीकरण शाखा का शाखा प्रमुख धुर्व प्रकाश मल्ल ले कार्यक्रको उद्येश्य माथी प्रष्ट पार्दै सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणाली वाट कसरी भुक्तानी गर्ने, भुक्तानी गर्दा ध्यान दिनु पर्ने कुरा र सेवा दिदा सेवाग्राही लाई सहजता को वारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.,राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय होलेरी का प्रमुख मुन वहादुर बुढा,कामना विकास बैङ्क होलेरी का प्रमुख सुनिल आचार्य,ग्लोवल आइ.एम.इ. बैङ्क का प्रतिनिधी धन प्रसाद घर्ती लगायत को उपस्थिती मा कार्यक्रम भएको हो ।आजको कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका योजना शाखा प्रमुख रुपेश अधिकारी ले प्रशिक्षण गर्नुहुने कार्यक्रम रहेको पंजीकरण शाखा का फिल्ड सहायक हुकुमसिं घर्ती ले जानकारी दिनुभएको छ ।