कोरोनाको कहर बिच विकासमा सामुदायिक सहभागीताको उच्चतम नमूना

केशव राज चन्द रोल्पा । २९ असोज २०७७ विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको माहामारी बिचमा रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानीका समूदायको सक्रियतामा प्राकृतिक रुपले पृथक स्थान मुरुल्ले लेकको पर्यटन क्षेत्र विकासमा जुटेका छन् । रोल्पा जिल्ला, तत्कालिन नेकपा माओवादीबाट सृजित शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा समेत चिनिन्छ । विकासका आधारभुत आवश्यक्तालाई राज्यको उपेक्षा रहेको जिल्लाका रुपमा बुझिने यस क्षेत्रमा विभिन्न राजनैतिक परिवर्तन सगै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आई पुग्दा यस क्षेत्रबाट नेपाल सरकारको उच्च ओहदाको प्रतिनिधित्व हुने गरी सहभागिता समेत रहेको छ । राजनितिक परिवर्तनमा उल्लेख्य योगदान प¥याउने तथा सरकारको प्रतिनिधित्वमा पुग्ने यस जिल्लामा, विकासका पुर्वाधार र केहिको जिवन शैलीमा परिवर्तन आएता पनि विकासमा प्राथमिकीकरण, सामुदायिक सहभागिता, दिगोपन र दिर्घकालिन लक्ष्य सहितको कार्यक्रम सञ्चालनको अभावमा भौतारीरहेको सन्दर्भमा यस क्षेत्रमा रुन्टीगढी गाउँपालिका वडा नं. ६ निगालपानीका समुदायको सक्रियता र सहभगीतामा प्राकृतिक रुपले पृथक एवं सुन्दर स्थान मुरुल्ले लेकमा पर्यटन क्षेत्रको विकासमा स्वस्फुर्त रुपमा जुटिरहेका छन् । करिव तिन महिना भन्दा बढी अनवरत रुपमा समुदायका प्रत्येक घर परिवारबाट जनश्रमदानबाट यस क्षेत्रको विकासमा जुटीरहेको मुरुल्ले म्याग्जीनगढी पर्यटन विकास समिति (ममटेक)का अध्यक्ष चेतलाल पुनले जानकारी दिनुभयो । प्राकृतिक रुपमा रुनटीगढीकै उच्च स्थानमा रहेको यस मुरुल्ले लेक समुन्द्री सतह देअि २१५० मिटर उचाईमा रहेको छ । यहाँबाट हिमालका हिमश्रृखला, पहाडका थुम्काहरु र तराईका फाटँहरुका भौगलिक बनावटहरु सहजै सुन्दर रुपले देखिन्छ । यस क्षेत्रको स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले पर्यटन विकासलाई प्राथमिकतामा राखेपनी यस मुरुल्ले क्षेत्रको विकासमा कुनै पनि उल्लेख्य कदम चालेको थिएन । तर मुरुल्ले लेकमा निगालपानी समूदायको सक्रिय सहभागितामा विश्वकै ठूलो काठै काठको मन्दिर निर्माण गर्ने हेतुले बाह्र मिटरको व्यासको गोल्लाकार र दश मिटरको उचाईमा पाँच खण्डको प्यागोडा शैलीमा काठै काठको मन्दिरका शिलान्याश रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाबाट गरी निर्माण कार्य अन्तिम चरणमा पु¥याइएको छ । उक्त मन्दिरमा युगान्तर सम्म सञ्चालन रहने हवन कार्य सञ्चालन भईरहेको छ । उक्त मन्दिरलाई अर्धनारेश्वर हवन मन्दिरको नामाकरण गरिएको छ । हवन सञ्चलानका लागि महाप्रभुको लिला माता पार्वती र अन्य शिष्यबाट हवन कार्य निरन्तर भईरहेको समितिका सल्लाहकार गोविन्द घर्ती बताउनुहुन्छ । स्थानीय समुदाको जागरुकता, रुन्टीगढी आसपासका सामुदायिक वनको सहयोग, सहयोगी दाताको दान र सहयोग बाट यस कार्य गर्न सफल भईरहेको र हाल गाउँपालिकाबाट समेत रु दुई लाख रुपैया विनियोजन गरिएकोले थप कार्य गर्न उत्साहित रहेको समितीका सदस्य याम बहादुर थापा बताउनुहुन्छ । विश्वव्यापीरुपमा फैलिएको कोरनाका कारण देशनै लकडाउनमा रहेको परिस्थितिको बाबजुत उक्त समुदायबाट जनश्रमदान गरी निर्माण कार्य थालिएको उक्त कार्य एक समाजिक कार्यको उच्चतम नमूनाको रुपमा रहेको र यस समुदायको जागरुकता देख्दा पर्यटन प्रबद्र्दनमा उल्लेख्य काम गर्न सकिने रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दिपक डागीँले बताउनुहुन्छ । कोरोनाको प्रभावका कारण निर्माणकार्यलाई आवश्यक सामाग्री जुटाउन, आवतजावत गर्न र महामारी फैलनबाट रोक्नका लागि समेत सचेत भएर निर्माण कार्य गर्दा थप चुनौती सहित यस पवित्र,पुण्य,सामाजिक कार्य तथा सामुदायिक सहभागिताको उच्चतम कार्य देख्न र हातेमालो गर्न पाउदा साह्रै खुसी लागेको र सम्वन्धित सवैबाट सहयोग हुने अपेक्षा र विश्वास रहेको ममटेकका सचिव सुवास चन्दले बताउनुभयो । (नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको सहयोगमा तयार पारिएको फिचर )
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.