नेपाली कांग्रेसले माग्यो रुन्टिगढी गाउँपालिकामा हिसाब किताब
04:03
असोज २९, होलेरी रोल्पा ।।
नेपाली कांगे्रस रुन्टिगढी गाउँ कार्य समिति रोल्पाले रुन्टिगढी गाउँपालिकाको कार्यालयमा विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेसका सभापति जनक पुन र छाँया सरकार प्रमुख टेक बहादुर बस्नेत द्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा २०७४ देखि २०७६ सम्मको आयव्यय सम्बन्धमा कुनै प्रकारले सार्वजनिक नभएको भन्दै आय व्यय विवरण सहित २१ बुँदे माग राखी ज्ञापन पत्र पेश गरेको छ । रुन्टिगढी गाउँपालिकाको प्राङ्गणमा एक औपचारिक कार्यक्रम गरी ज्ञापन पत्र बुझाएको हो ।
१५ दिन भित्र स्पष्ट रुपमा लिखित जानकारी र चित्त बुझ्दो जवाफ नआएमा चरणबद्ध रुपमा प्रक्रिया अघि बढाउने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नौ वटै वडाका सभापति लगायत २५ जना कार्यकर्ताको उपस्थिति रहेको थियो । ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले लोकतान्त्रिक दलिय व्यवस्थालाई कदर गर्दै अहिले आफु साझा बिन्दुमा रहेको र संवैधानिक नियम बमोजिम गर्न सकिने कुरामा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको छ ।