कोभिड १९ संक्रमण,रोकथाम,उपचार सम्वन्धी अभिमुखीकण कार्यक्रम सम्पन्न

होलेरी रोल्पा,असोज ३० गते कोभिड १९ संक्रमण,रोकथाम,उपचार तथा ब्यबस्थापन सम्वन्धी अभिमुखीकण कार्यक्रम रोल्पा को होलेरीमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पा को आयोजना तथा आइ.एन.एफ. को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ लाई मध्यनजर गर्दै यसको रोकथाम का उपाय र ब्यबस्थापन को बारेमा रुन्टीगढी गाउँपालिका का स्वास्थ्य कर्मी संग अन्र्तक्रिया गर्दै कार्यक्रम समापन गरिएको हो। कार्यक्रममा कोरोना भाईरसको लक्षण,रोकथाम का उपायहरु र ब्यवस्थापन को बारेमा जिल्ला स्वास्थ्य कार्यालय का नोखराज पोखे्रल ले प्रष्ट पार्नु भएको थियो। कार्यक्रममा बोल्दै सभाध्यक्ष रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले यस्ता खाल का कार्यक्रम निकै नै समय सान्र्दभिक र उपलब्धीमुलक भएको हुदा कार्यक्रम मा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न को लागी सम्पुर्णमा आग्रह समेत गर्नुृभएको छ। रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन,प्रमुख प्रशाासकिय अधिकृत चिरञ्जीवी जि.एम.लगायत को उपस्थिती रहेको कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा ले गर्नु भएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.