Type Here to Get Search Results !

रुन्टीगढी ४ मा ५ जना नेपाली कांग्रेस परित्याग गरि ने.क.पा. मा प्रवेश

होलेरी,रोल्पा असोज २ आइतवार रोल्पाको रुन्टीगढी ४ तल्लो मसिना मा नेपाली कांगे्रस तथा रा.प्र.पा. नेपाल परित्याग गरि ५ जना नेपाल कम्युनिष्ट पाटी ने.क.पा. मा पाटी प्रवेश गरेका छन् ।जनता को आशा र भरोसा को एक मात्र पाटी नेकपा भएको भन्दै पाटी प्रवेश गरेको नवप्रवेशी हरु ले वताएका छन् ।उक्त स्थान मा नेपाली कांग्रेस का सक्रिय कार्यकर्ता कर्णे पुन,नविन पुन,रा.प्र.पा. का अकवर विक लगायत ५ जना पाटी प्रवेश गरेको वताइएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेपाल कम्युनिष्ट पाटी नेकपा प्रदेश ५ सदस्य गोविन्द पुन नजर ले नवप्रवेशी हरु लाइ फुलमाला ले स्वागत गर्दै अव जनता ले चाहे अनुसार विकास निर्माण का कार्य गर्न को लागी नेपाल कम्युनिष्ट पाटी नेकपा मा गोलबन्द भएर लाग्नुपर्ने कुरामा जोड दिनुभएको छ । कार्यक्रम मा नवप्रवेशी हरुलाइ शपथग्रहण नेपाल कम्युनिष्ट पाटी नेकपा गाउँ संगठन कमिटी का अध्यक्ष आशाराम गुरुङ ले गर्नु भएको थियो । नेपाल कम्युनिष्ट पाटी नेकपा का शिवलाल रोका को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा जिल्ला संगठन कमिटी सदस्य वालाराम बुढा,मिन बहादुर थापा,भुपमणि पुन,रोल्पा जिल्ला युवा संघ सदस्य थगेन्द्र बुढा,वडा कमिटी सदस्य देवसिं रोका लगायत को उपस्थिती रहेको थियो ।कार्यक्रम को सहजीकरण रुन्टीगढी गाउँ संगठन कमिटी का सदस्य गणेश गिरी ले गर्नु भएको थियो ।