नेपाली हरुको महान पर्व हरु भित्रिदै गर्दा रोल्पाको रुन्टीगढी का विभिन्न स्थानमा अनुगमन गरियो
19:13
होलेरी , रोल्पा कार्तिक ५
नेपाली हरुको महान पर्व हरु भित्रिदै गर्दा रोल्पा का विभिन्न स्थानमा वजार अनुगमन जारी रहेको छ ।
रोल्पा को रुन्टीगढी गाउँपालिका अन्र्तगत मंगरवार सैवाङ,सुर्पालर गुर्नेटा मा वजार अनुगमन लाई तिव्रता दिइएको छ ।नेपाली हरुको महान पर्व हरु भित्रिदै गरको अवस्थामा होलेरी वजार अन्र्तगत का विभिन्न पसलहरु मा अनुगमन गरिएको हो । रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमाँया पुन को संयोजक्त्व मा प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी जि.एम.,अस्थाई प्रहरी पोष्ट सुर्पाल का इन्चार्ज निम बहादुर के.सी., लेखा अन्र्तगतका गोपाल पोख्रेल, पंजीकरण शाखा होलेरी का प्रमुख धु्रव प्रकाश मल्ल ,सुर्पाल वजार ब्यवस्थापन समिती का अध्यक्ष नुमराज कवँर,रुन्टीगढी गाउपालिका राजस्व शाखा का दिपेन्द्र घर्ती लगायत को टोली संयुक्त रुपमा वजार अनुगमन गरिएको हो । अनुगमन टोली ले वजार अनुगमन गर्दा विक्रिजन्य वस्तु को मुल्यसुची,व्ययसाय दर्ता तथा नविकरण,सामान को गुणस्तर,म्याद नागेको सामान को वारेमा अनुगमन गरेको वताइएको छ । १५ दिन भित्र मापदण्ड अनुसार ब्यवसायी ले व्यवसाय संचालन नगरे कानुन वमोजिम कारवाही गरिने समिती का संयोजक छमायाँ पुन ले जानकारी दिनुभएको छ ।