Type Here to Get Search Results !

मुरुल्ले लेक मन्दिर निर्माणमा व्यवसायीहरुबाट आर्थिक सहयोग

६ कार्तिक २०७७, रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नं. ६ स्थित मुरुल्ले लेकमा निर्माणाधिन अर्धनारेश्वर हवन मन्दिर निर्माण कार्य एवं संस्थागत योजनामा सहयोग पु¥याउने उद्देश्यले व्यवसायीहरुबाट आर्थिक रकम सहयोग गरिएको छ । रुन्टीगढी गाउँपालिको अग्लो स्थानमा रहेकोे पर्यटकीय क्षेत्र मुरुल्ले लेकमा स्थानीय समूदायको सक्रियता र श्रमदानबाट निर्मित काठै काठको निर्माणाधिन मन्दिरको निर्माण कार्यलाई सहयोग होस भन्दै अम्वेश्वरी सप्लायर्स होलेरीका सञ्चालक दामोदर थापाबाट रकम रु पन्ध्र हजार र गुगल ट्रेडर्स, घोराही दाङका सञ्चालक युवराज पोख्रेलबाट रकम रु एघार हजार एक सय एघार रुपैया नगद सहयोग गर्नु भएको हो । मन्दिरको दर्शन तथा परिक्रमा गरी उक्त रकमलाई यस पुनित कार्यमा लगानी होस भन्ने अपेक्षा सहित सहयोगीहरुबाट यस क्षेत्रको विकासमा क्रियाशिल मुरुल्ले म्याग्जिनगढी पर्यटन विकास समित (ममटेक) का अध्यक्ष श्री चेतलाल पुन लाई हस्तान्तरण गनुभएको थियो । हस्तान्तरण पश्चात सहयोगी व्यवसायीहरुलाई धन्यावाद दिदै हाल सम्म प्राप्त सहयोगको उच्च मुल्याकंन गरी प्राप्त रकमलाई उच्चत्तम हितमा सदुपयोग गर्ने, सहयोगी दाताहरुको विवरण शिलालेखमा उल्लेख गर्ने र अन्य सहयोगी दाताको अपेक्षा गरिरहेको अध्यक्ष पुनले बताउनु भयो ।