Type Here to Get Search Results !

रुन्टीगढी गाउँपािलकाका अध्यक्ष द्धारा बडादशै को शुभकामना ब्यक्त

होलेरी रोल्पा, कार्तिक १० गते रुन्टीगढी गाउँपािलकाका अध्यक्ष बालाराम बुढा ले नेपाली हरुको महान पर्व बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै अध्यक्ष बुढाले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको जोखिमको ख्याल गर्न सुझाव दिनुभएको छ ।