Type Here to Get Search Results !

रोल्पाको होलेरी मा अनुगमन तिव्रता

असोज ३ गते ,होलेरी रोल्पा रोल्पा को रुन्टीगढी गाउँपालिका अन्र्तगत होलेरी वजार मा अनुगमन लाई तिव्रता दिइएको छ ।नेपाली हरुको महान पर्व हरु भित्रिदै गरको अवस्थामा होलेरी वजार अन्र्तगत का विभिन्न पसलहरु मा अनुगमन गरिएको हो । रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमाँया पुन को संयोजक्त्व मा प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी जि.एम.,रोल्पा उद्योग वाणिज्य संघ का सदस्य गोविन्द पुन ,रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती,इलाका प्रहरी कार्यालय होलेरी का प्रमुख मेघनाथ चाँपागाई, लेखा अन्र्तगतका गोपाल पोख्रेल,होलेरी वजार ब्यवस्थापन समिती का अध्यक्ष भुपाल बस्नेत,रुन्टीगढी गाउपालिका राजस्व शाखा का दिपेन्द्र घर्ती लगायत को टोली संयुक्त रुपमा वजार अनुगमन गरिएको हो । अनुगमन टोली ले वजार अनुगमन गर्दा विक्रिजन्य वस्तु को मुल्यसुची,व्ययसाय दर्ता तथा नविकरण,सामान को गुणस्तर,म्याद नागेको सामान को वारेमा अनुगमन गरेको वताइएको छ । १० दिन भित्र मापदण्ड अनुसार ब्यवसायी ले व्यवसाय संचालन नगरे कानुन वमोजिम कारवाही गरिने समिती का संयोजक छमायाँ पुन ले जानकारी दिनुभएको छ ।