Type Here to Get Search Results !

रुन्टीगढी १ लापालमा पनि बिद्युत विस्तार,नागरिकहरु खुसी

होलेरी,रोल्पा असोज ३० गते रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ लापालवासी को विजुलीबत्ती बाल्ने सपना पुरा भएको छ ।वर्षाै देखि अध्यारो मा आफ्नो जनजिवन चलाईरहेका लापालवासी भने अव बिजुलीबत्ती वाल्न पाउने भएका छन् ।प्रदेश सरकार,स्थाानिय सरकार ,बिद्युत प्राधिकरण होलेरी रोल्पा र स्थानिय नागरिक को अथक प्रयास पछि गाँउ मा विजुली वाल्न सम्भव भएको होलेरी नो लाईट सेवा का लिला दशौदी ले बताउनु भएको छ । यस ठाउँ मा बिद्युत सुचारु भए लगतै ३० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।वर्षौ देखी विजुलीबत्ती वाल्ने सपना पुरा भएको भन्दै स्थानिय लालसरी घर्ती ले स्थानिय सरकार लगायत सबै लाई मनै देखी धन्यावाद ब्यक्त गर्नुभएको छ । कार्यक्रम का प्रमुख अतिथी समेत रहनु भएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले स्वीच थिची बत्ती वालेर उद्घाटन गर्दै ,जनता को खुसी को लागी स्थानिय सरकार सदैव काम गर्न तयार रहेको कुरामा जोड दिनुभएको छ ।कार्यक्रममा वोल्दै होलेरी नो लाइट सेवा का इन्चार्ज मदन भण्डारी ले यस क्षेत्र मा बिद्युत प्रसारण सेवा सुचारु भएको ले खुसी ब्यक्त गर्दै बिद्युत का पोल तथा तारहरु नछुन को लागी पनि सम्पुर्ण स्थानिय नागरिकहरु लाई अनुरोध गर्नु भएको छ । रुन्टीगढी गाउँपालिका वडा नं १ का अध्यक्ष मिन बहादुर थापा को सभाध्यक्ष मा सम्पन्न भएको कार्यक्रममा होलेरी नो लाईट सेवा का तेज बहादर भण्डारी,सोमराज वि.क.,नेपाल कम्युनिष्ट पार्टी ने.क.पा.का जिल्ला संगठन सदस्य भुपमणि पुन लगायत को उपस्थिीती रहेको थियो भने कार्यक्रम को सहजीकण वडा सचिव चन्द्र बहादुर राना ले गर्नु भएको थियो ।