रुन्टीगढी ४ मा ९ जना ने.क.पा.मा प्रवेश
20:02
होलेरी रोल्पा,असोज २६
आइतवार रोल्पा को रुन्टीगढी ४ मसिना टोलमा नेपाली कांग्रेस तथा अन्य पाटी परित्याग गर्दै ९ जना नेपाल कम्युनिष्ट पाटी ने.क.पा. प्रवेश गरेका छन् ।
नेपाली कांगेस ले जनता को मर्म र भावना अनुसार काम गर्न नसकेको भन्दै ने.क.पा.मा प्रवेश गरेका नव प्रवेशी ले बताएका छन् ।
कार्यक्रम मा प्रमुख अतिथी समेत रहनुभएका नेपाल कम्युनिष्ट पाटी ने.क.पा. जिल्ला संगठन कमिटी का सदस्य बालाराम बुढा ले नवप्रवेशी हरुलाई अविर ले स्वागत गर्नुभएको थियो भने नेपाल कम्युनिष्ट पाटी ने.क.पा. जिल्ला संगठन कमिटी का सदस्य जगत बहादुर घर्ती ले सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी ने.क.पा. जिल्ला संगठन कमिटी का सदस्य मिन वहादुर थापा,शिवलाल पुन,टोल कमिटी का सचिव मेघराज विक,टोल कमिटी का सदस्य हरु जिवराज घर्ती,राम बहादुर पुन,देवसिं रोका,भक्त बहादुर घर्ती लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल कम्युनिष्ट पाटी ने.क.पा. रुन्टीगढी ४ का सचिव युवलाल पुन को अध्यक्षता मा भएको कार्यक्रम को सहजीकरण ने.क.पा. का गणेश गिरी ले गर्नुभएको बताइएको छ ।