गंगादेव गाउपालिका रोल्पामा नेपाली काङ्ग्रेस परित्याग गरि ८ जना सत्तारुढ नेकपामा प्रवेश
05:39
असोज, २२ रोल्पा
गंगादेव गाउपालिका रोल्पामा नेपाली काङ्ग्रेस परित्याग गरि ८ जना सत्तारुढ नेकपामा प्रवेश गरेका छ्न । प्रवेश गर्ने हरुमा हरि बहादुर नेपाली कृयाशिल सदस्य , भक्त बहादुर सार्की , प्रशाराम सार्की,गंगा सिङ सार्की,टीका राम सार्की,नदे कामी,रते सार्की साधारण सदस्यलाई सत्तारूढ नेकपाका लुम्बिनी प्रदेश कमिटी सदस्य वीर बहादुर खत्रीले नव प्रबेशिहरुलाइ अबिर र माला लगाएर नेकपामा एक कार्यक्रमका बिच स्वागत गर्नु भएको हो । नेकपा वडा नम्बर ५ का पार्टी सचीव वीर बहादुर खत्रीको सभा अध्यक्षता, नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँ कमिटी सदस्यहरु धनमाली खड्का ,लक्ष्मी बुढा लगाएत वडा कमिटी सदस्यहरुको उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रममा नवप्रबेशी हरि बहादुर नेपालीले काङ्ग्रेसले जनतालाइ धोका दिएको र अबको बिकास सत्तारुढ नेकपाको नेतृत्वबाट नै सम्भव भएकाले नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य वीर बहादुर खत्रीले नेकपाले जनताको बिश्वास जित्दै गएको र पुर्वाधार र सामाजिक बिकासमा प्राथमिकता दिएका कारण नेकपा जनताको पार्टी भएको दाबी गर्नु भएको छ । वडा नम्बर ५ को गैरागाउमा भएको कार्यक्रमको सन्चालन गाउँ कमिटी सदस्य मान बहादुर डागिले गर्नु भएको गंगादेब गाउँपालिकाका प्रेस संयोजक अशोक वली परिवर्तनले जानकारी दिनुभयो ।