सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि जनप्रतिनिधिसंगको अन्र्तक्रिया कार्यक्रम होलेरीमा सम्पन्न
18:38
होलेरी रोल्पा,
कार्तिक १८ ।।
विकास सरोकार समाज डिकोस रोल्पाको आयोजनामा सोमबार रोल्पाको रुन्टिगढीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि जनप्रतिनिधिसंगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा स्थानिय तहका जनप्रतिनिधिसंग स्थानिय नागरिकहरु बैदेशिक रोजगारमा जादा भइ गरेका समस्याहरु,बैदेशिक रोजगारीमा जानुको कारण र यसका न्युनिकरणका उपायहरु माथि छलफल गरिएको थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विकास सरोकार समाज दिकोस रोल्पाको अध्यक्ष देव बहादुर वलीले बैदेशिक रोजगारीमा जादा नेपालीहरुले धेरै कुराको समस्या भोग्नु परेको बताउनु भएको छ । कार्यक्रममा बोल्दैै सभाध्यक्ष बुढाले कानुन तथा प्रक्रिया नबुझि बैदेशिक यात्रा तय गर्नुले विभिन्न किसिमका समस्याहरु आइपर्ने भन्दै सकभर स्थानीय स्तरमै रोजगारीको सिर्जना गरी स्वाबलम्बन बन्नु पर्ने र बैदेशिक रोजगारीमा जानु परे कानुन तथा प्रक्रिया बुझेर मात्रै यात्रा तय गरे ,आइ पर्ने समस्याहरुलाई न्युनिकरण गर्न सकिने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमाया पुन.,प्रशासन प्रमुख इश्वरराज पाण्डे, लेखा प्रमुख झग्गु के.सी.रुन्टीगढी गाउँपालिका अन्र्तगतका सम्पुर्ण जनप्रतिनिधीज्यु हरु, लगायत को उपस्थिीती रहेको थियो । कार्यक्रमको संचालन दिकोस रोल्पाकी मनोसामाजिक कार्यकर्ता दुर्गा बुढाले गर्नुभएको थियो भने सहजीकरण दिकोस रोल्पाका कार्यक्रम संयोजक बेरजंग पुन र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एमले गर्नुभएको प्राप्त खबरमा उल्लेख गरिएको छ ।