दिपावली को अवसरमा रोल्पाको होलेरी मा सरसफाई

होलेरी रोल्पा कार्तिक २७ आउदै गरेको शुुभदिपावली को शुुखद अवसर मा रोल्पाको होलेरी वजार मा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । रुन्टीगढी गाउँपालिका होलेरी,ईलाका प्रहरी कार्यालय होलेरी खड्ग दल गण दहवन,विभिन्न राजनैतिक दल ,जनप्रतिनिधी,होलेरी वजार ब्यवस्थापन समिती,बुद्धीजिवी, ब्यापारी ,नगर प्रहरी लगायत स्थानिय को सक्रियता मा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
शुुभदिपावली को शुुखद अवसर मा मात्रै नभएर हरपल हरसमय होलेरी वजार लाई स्वच्छ र सफा राख्ने उद्येश्य का साथ यो कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक संकर खड्का ले बताउनुु भएको छ ।
यस्तै सरसफाई कार्यक्रम को समापन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले मानवजाती स्वस्थ रहनको लागी सरसफाई अनिवार्य भएको ले र सरसफाई आफ्नो पहिचान समेत भएको ले यस कार्यलाई निरन्तरता दिन को लागी सम्पुर्ण मा आग्रह समेत गर्नुभएको छ ।समापन को अवसरमा अध्यक्ष बुढा ले आउदै गरेको शुुभ दिपावली को सम्पुर्ण लाई शुुभकामना समेत दिदै कोभिड १९ को जोखिम लाई मध्यनजर गर्दै सामाजिक सुरक्षा हरु अपनायर चाडपर्व मनाउन पनि आग्रह गर्नुभएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.