Type Here to Get Search Results !

सोमवार विश्व साईकल यात्री पुस्कर शाह को टोली रोल्पा को होलेरीमा

होलेरी रोल्पा,कार्तिक २५ गते सोमवार विश्व साईकल यात्री पुस्कर शाह को टोली रोल्पा को होलेरीमा आईपुग्नु भएको थियो । रोल्पाको रुन्टीगढी गाउँपालिका अन्र्तगत का विभिन्न पर्यटकिय स्थल को अवलोकन गरी उहाँहरु को टोली आाफ्नो कार्यक्रम को तालिका अनुसार प्युठान को स्र्वगद्धारी जानुभएको बताइएको छ । विश्व साईकल यात्री पुस्कर शाह को टोलीलाई रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले फुलमाला र अविर स्वागत गर्नुभएको हो । कार्यक्रम मा बोल्दै रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दिपक डागी ले रुन्टीगढी गाउँपालिकाको मुख्य पर्यटकिय स्थल हरु काठै काठ को अर्धनारेश्वर मन्दिर मुरुल्ले,शिव पार्वती गुफा झेनाम , स्वर्गद्धारी प्रभुमहाराज को जन्मस्थल रुन्टी, स्वर्गद्धारी प्रभुमहाराज ले पहिलोे पटक तपस्या गरेको स्थान गढिलेक लगायत को स्थान हरु यहाँ का मुख्य आर्कषक भएको जानकारी दिनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले यस रुन्टीगढी गाउँपालिकाको पर्यटकिय स्थलहरुको अवलोकन गरी प्रचारप्रसार मा सहयोग पुग्ने आशा ब्यक्त गर्नुभएको थियो । गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती,कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी जि.एम. प्रशासन प्रमुख इश्वरराज पाण्डे,होलेरी प्रहरी ईन्चार्ज,संकर खड्का लगायत विभिन्न राजनितिक दल का प्रमुख हरु को उपस्थिती रहेको थियो ।