Type Here to Get Search Results !

रोल्पा को रुन्टीगढी गाउँपालिका अन्र्तगत न्यायीक समिती मा गत आर्थिक वर्षमा १८ वटा मुद्धा दर्ता

होलेरी रोल्पा,मंसिर २ गते रोल्पा को रुन्टीगढी गाउँपालिका अन्र्तगत न्यायीक समिती मा गत आर्थिक वर्षमा १८ वटा मुद्धा दर्ता गरिएको छ ।दर्ता भएका सवै मुद्धा महिला हिंसा तथा जेष्ठ नागरिक हरुलाई अपहेलना गरिएको विषयमा भएको न्यायी समिती का संयोजक एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन ले वताउनु भएको छ । दर्ता भएका १८ वटा मुद्धा मध्ये १५ वटा मुद्धा लाइ कानुनी उपचार गरेरै पालिकामै मेलमिलाप गराइएको उहाँले बताउनु भएको छ । सुरुवाती चरणमा निर्वाचित भएर आउदा आफुलाइ न्यायीक समितीको जिम्मेवारी सहित काम गर्दा अप्ठेरो महसुस भएको समेत उहाँले बताउनु भयो । तर अव आउदा दिन हरुमा कानुन सम्वन्धी बिज्ञ भएका कर्मचारीहरु को साथ मा काम गर्न पाय आफुलाई काम गर्न अझै सजिलो हुने बताउनु भएको छ ।