Type Here to Get Search Results !

व्यवसायीक सिपमुलक तालिम को उद्घाटन होलरी मा

होलेरी रोल्पा, मंसिर ६ शुक्रवार रोल्पाको होलेरी मा व्यवसायी सिपमुलक तालिम को उद्घाटन सत्र सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र को आयोजना तथा नागरिक आवाज ललितपुर को आर्थिक सहयोग मा भएको कार्यक्रमको अध्यक्षता नेपाल महिला सामुदायिक सेवा केन्द्र की अध्यक्ष कल्पना नेपाली रहनु भएको थियो । कार्यक्रममा द्धण्डप्रभावित महिलाहरु लाई सिपमुलक तालिमहरु दिई आत्मनिर्भर वनाउने उद्येश्य का साथ यस्तो कार्यक्रम संचालन गरिएको वताइएको छ । महिला ,शान्ती र सुरक्षा कार्यक्रम दाङका प्रमुख रमेश के.सी.ले कार्यक्रम को उद्येश्य माथी प्रष्ट पार्दै द्धण्ड पिडित महिलाहरु लाई लक्षित गरी जिवीकोपार्जन मा सहयोग गर्ने आफ्नो संस्थाको प्रमुख लक्ष्य रहेको बताउदै सोही अनुसार को काम गरिरहेको बताउनुभएको छ । दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले शसस्त्र द्धण्ड को उद्गम थलो रोल्पा नै भएको हुदाँ यस ठाँउ का द्धण्डपिडित महिलाहरुलाई केहि हद सम्म मलमपत्ती लगाउने कार्य यस संस्थावाट भएको हुदा धन्यावाद ब्यक्त गर्दै द्धण्डपिडित महिलाहरुको जिवनस्तरलाई उत्थान गर्न को लागी स्थानिय सरकार सधै प्रतिवद्ध रहेको उल्लेख गर्नु भएको छ । कार्यक्रममा करिव १५ जना को सहभागिता रहेको थियो । कार्यक्रम को समापन गर्दै अध्यक्ष कल्पना नेपाली ले यो संस्था वि.स. २०५० सालमा स्थापना भएदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र विषेश गरी शसस्त्र द्धण्ड भएको स्थानमा द्धण्ड प्रभावित दिदिवहिनी लाई विषेश सिपमुलक तालिमहरु दिएर आत्मनिर्भर बनाउने कार्य मा जुटेको उहाँले जानकारी दिनुभएको छ ।महिला,शान्ती र सुरक्षा कार्यक्रम रोल्पा का प्रमुख दिनेश सुवेदी को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम को सहजीकरण मनोविर्मशकर्ता दिपा धिताल ले गर्नुभएको थियो ।