रुन्टीगढी गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतवार सम्पन्न

होलेरी रोल्पा, मंसिर ८ आइतवार रोल्पाको रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षता मा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम., बासुदेव भट्राई,गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती,सम्पुर्ण वडाअध्यक्ष,उद्योग बाणिज्य संघ का प्रतिनिधि, विभिन्न राजनितिक दल का प्रमुख, सुरक्षाकर्मी,बुद्यीजिवी नागरिक समाज लगायत को उपस्थिती रहेको थियो । कार्यक्रम मा आर्थिक वर्ष २०७६÷७७ को आयब्यय तथा कोभिड १९ को प्राप्त रकम र खर्च विवरण को बारेमा लेखा प्रमुख झग्गु के.सी.र गोपाल पोख्रेल प्रष्ट पार्नु भएको हो । कार्यक्रममा जनता बाट उठेका जनगुनासो लाई विभिन्न शाखाप्रमुख तथा जनप्रतिनिधि बाट प्रष्ट पार्ने कार्य गरिदै सकारात्मक सुझाव लाई कार्यान्वयन पक्षमा लैजाने प्रतिबद्धता समेत गरिएको छ । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले रुन्टीगढी गाउँपालिकाको यसरी सार्वजनिक सुनुवाई कार्यक्रम गरिनु सकारात्मक पक्ष रहेको भन्दै जनपक्षिय कार्य गर्नको लागी अग्रसर भएर लाग्न र रुन्टीगढीबासी को अपेक्षा अनुरुप काम गर्न को लागी आग्रह गरिएको थियो । कार्यक्रमको समापन गर्दै र उपस्थिती हरु वाट उठेका प्रश्न को जवाफ दिदै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले हामी सवै जनता को सेवक नै भएको ले जनभावना अनुसार काम गरिरहेको र यस रुन्टीगढीको समग्र विकास कार्यको लागी सम्पुर्ण राजनितिक दल र स्थानिय नागरिक को सदैव सहयोग को अपेक्षा गरिएको बताउनु भएको छ । रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती को स्वागत मन्तव्य बाट सुरुभएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण सहजकर्ता सुवास चन्द ले गर्नभएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.