Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जि.एम. को विदाई

होलेरी रोल्पा, मंसिर १० रोल्पाको रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम. को एक कार्यक्रम का विच रोल्पा को होलेरी मा विदाई गरिएको छ । सरुवा भएर जानलाग्नु भएका विगत २ वर्ष देखी रुन्टीगढी गाउँपालिका मा सेवा गर्नुभएका जि.एम. को सोमवार एक कार्यक्रम का विच विदाई गरिएको हो । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा भएको विदाई कार्यक्रममा बोल्दै जि.एम. ले यस रुन्टीगढी गाउँपालिका मा काम गर्दा धेरै कुराको सिकाई भएको भन्दै सिकाई लाई अन्य ठाउँमा प्रयोगमा ल्याउने उहाँले बताउनुभएको छ । यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले कार्यसम्पादन मा रुन्टीगढी ले एउटा कुशल प्रशासक लाई विदा गरेको भन्दै आगामी दिन को उहाँको कार्यकाल सुखद रहोस भन्दै कामना समेत गर्नु भएको थियो । रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दिपक डाँगी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन रुन्टीगढी ६ का वडा सचिव भागवत घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न शाखाका शाखा प्रमुख तथा गाउँपालिकाका कर्मचारी को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।