Type Here to Get Search Results !

रुन्टीगढी मा लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियानमा दिप प्रज्वलन

होलेरी रोल्पा, मंसिर ११ रोल्पाको रुन्टीगढी गाउँपालिकामा गाउँपालिकाको आयोजनामा बुुधवार लैंगिक हिंसा अन्त्य को प्रतिवद्धता,ब्याक्ती समाज र सवैको एक्यवद्धता भन्ने मुल नारा को साथमा लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान को उद्घाटन तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, प्रशासन प्रमुख ईश्वर राज पाण्डे,विभिन्न शाखा का शाखा प्रमुख हरु लगायत कर्मचारी हरुको उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो । लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म संचालन हुने बताइएको छ । कार्यक्रम मा बोल्ने अधिकांस अतिथी हरुले लैंगिक हिंसा विभिन्न कारण ले गर्दा हुने भएको ले यसको न्युनीकरणको लागी परिवर्तन आफैवाट सुरु गर्नुपर्ने र संम्वन्धित निकाय मा सम्पर्क गरी यसको निराकरण तर्फ लाग्नुपर्ने करामा जोड दिएको थिए । कार्यक्रममा बोल्दै सभाध्यक्ष बुढाले हाम्रो गाउँसमाज मा पनि कहिकतै लैंगिक हिंसा को घटना हरु सुनिने र भेटिने गरिएको हुँदा यस को पुर्णरुपमा निराकरण गर्न को लागी हामी सवै ऐक्यवद्ध भएर लाग्नुपर्ने बताउनु भएको । रुन्टीगढी गाउँपालिकाका शिक्षा शाखा का प्रमुख अञ्जु शर्मा को स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रम को सहजीकरण रुन्टीगढी गाउँपालिका अन्र्तगत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा का शाखा प्रमुख शिला मल्लले गर्नु भएको थियो ।