Type Here to Get Search Results !

रुन्टीगढी इसाई समुदाय संग गाउँपालिका अध्यक्ष संग को अन्र्तक्रिया सम्पन्न

होलेरी रोल्पा, कार्तिक २० विहीवार रोल्पाको रुन्टीगढी गाउँपालिका ७ नं अन्र्तगत झेनाम मा रुन्टीगढी इसाई समाज रोल्पा को आयोजनामा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष संगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रुन्टीगढी गाउँपालिका अन्र्तगत इसाई समुदाय को अवस्था,समस्या र समस्या समाधान को विषय मा अन्र्तक्रिया गरिएको हो । रुन्टीगढी गाउँपालिका इसाई समुदाय का अध्यक्ष शेर बहादुर वि.क. को अध्यक्षता मा भएको अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथी मा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा रहनुभएको थियो । यस्तै अतिथी हरुमा रोल्पा जिल्ला इसाई समुदाय का अध्यक्ष सागर घर्ति,सिमोन घर्ती,लगायत रुन्टीगढी गाउँपालिका भित्र रहेका १८ वटा मण्डली का पास्टर ज्यु ,विश्वाशीहरुको उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै इसाई समुदाय का बिश्वाशीहरुले रुन्टीगढी गाउँपालिकाले इसाई समुदाय लाई सहयोग गरेको प्रति धन्यावाद समेत ब्यक्त गर्दै रुन्टीगढी इसाई समुदाय ले ज्ञापनपत्र समेत बुझाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले यस कार्यक्रममा आएर सुख र दुख को कुराहरु साट्न पाइएकोमा आयोजकप्रति धन्यावाद दिदै, हाम्रो धर्म,संस्कृती,रितीरिवाज,परम्पराहरु हाम्रो गहना भएकोले यसलाई संरक्षण र संर्वद्धन गर्नु हामी सवैको दायित्व भएको कुरामा जोड दिनुभएको छ । पास्टर भुपमणि पुन को स्वागत मन्तव्य बाट सुरु गरिएको अन्र्तक्रिया कार्यक्रमको सहजीकरण रुन्टीगढी इसाई समाज का सचिव गोपीराम पुन ले गर्नुभएको थियो ।