नेपाली कांग्रेस रुन्टीगढी को विरोध कार्यक्रम सम्पन्न

रोल्पा, २२ कात्तिक । स्थानीय सरकारले अनियमितता र मनपरि गतिविधि गरेको भन्दै नेपाली काङ्ग्रेसले शुक्रबार रोल्पाको होलेरीमा र्याली निकालेको छ। नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको बिरोध कार्यक्रम पार्टी कार्यालय भित्री बजार होलेरी देखि गाउँपालिकाको कार्यलय सेवाकेन्द्र हुँदै जुर्नेटा बजारमा कोणसभामा परिणत भएको थियो। भ्रष्टाचार विरुद्ध एक हौँ, नातावाद अन्त्य गर लगाएतका नारा सहित काङ्ग्रेसले बिरोध तथा आन्दोलन सुरु गरेको हो।कार्यक्रममा छाया सरकार प्रमुख टेकबहादुर बस्नेत, नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति रोल्पाका सदस्य हरि पुन, नारायण खड्का नेपाल तरुणदल रोल्पा जिल्ला अध्यक्ष तिलक बुढाथोकी, नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुन लगाएत पाँच सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। यस अघि गत असोज २९ गते नेपाली काङ्ग्रेस रुन्टीगढीले गाउँपालिका अध्यक्ष बालाराम बुढालाई २१ बुदे माग सहित ज्ञापन पत्र बुझाएको थियो। १५ दिने अल्टिमेटम सहित बुझाएको मागहरुलाई गाउँपालिकाले बेवास्ता गरेकाले आफुहरुले बिरोध प्रदर्सन गरेको रुन्टीगढी सभापति जनक पुनलेको भनाई रहेको छ। कोणसभामा बोल्दै सभापति पुनले स्थानीय सरकार गठन भएको तीन बर्ष बितिसक्दासम्म पनि स्थानीय सरकारले जनता पक्षमा कुनै पनि काम नगरेको आरोप लगाएका छन्। कार्यक्रम मा पाटी प्रवेश कार्यक्रम पनि सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पाटी नेकपा परित्याग गरी सोही कार्यक्रममा १२ जना नेपाली कांग्रेस मा प्रवेश गरेको बताइएको छ । साथै स्थानिय सरकार जनताका आधारभुत आबश्यक्ता परिपुर्ति गर्ने कार्यमा नजुटे पछिल्ला दिनहरुमा आफुहरुले कडा रुपमा प्रदर्शनमा उत्रने उनको चेतावनी रहेको छ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.