रुन्टीगढी ७ रोल्पामा १७ जना नेपाली कांग्रेस परित्याग गर्दै नेकपामा प्रवेश
16:13
रोल्पा, २२ कात्तिक ।
रोल्पाको रुन्टिगढी गाउँ पालिका वडा नं.७ मा नेपाली कांगे्रस पाटी परित्याग गर्दै १७ जना नेपाल कम्युनिष्ट पाटी नेकपा मा प्रवेश गरेको छन्। रोल्पाको रुन्टिगढी गाउँ पालिका वडा नं.७ बाट गत २०७४ को निर्बाचन मा नेपाली कांग्रेस को सदस्य पद को उम्मेद्वार भई चुनाब लड्नु भएका निम बहादुर रोका सहित १७ जना अत्यन्तै उर्जाशिल युवाहरु नेपाली काग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गर्नु भएको हो । पार्टी प्रबेश कार्यक्रम मा बोल्दै निम बहादुर रोका ले अब देश र जनता का लागि काम गर्ने हो भने कांग्रेस मा रहेर जनता का आकांक्षा पूरा गर्न नसकिने भन्दै नेकपामा प्रवेश गरिएको उहाँले बताउनु भएको छ ।पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सदस्य गोबिन्द पुन ले नव प्रबेसी लाई टीका लगाई प्रबेश गराउनु भएको थियो भने अतिथी रुन्टिगढी गाउँपालिका संगठन कमिटीका अध्यक्ष आसाराम गुरुङ ले पार्टी को सपथ ग्रहण गराउनु भएको थियो ।
सपथ ग्रहण गराउदै कार्यक्रम का अतिथी समेत रहनुभएका रुन्टिगढी गाउँपालिका संगठन कमिटीका अध्यक्ष आसाराम गुरुङ ले जनता को संवृद्धि र विकास को लागी सम्पुर्ण लाई एैक्यबद्ध भएर लाग्न को लागी अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका नेपाल कम्युनिष्ट पाटी नेकपा लुम्वीनी प्रदेश सदस्य गोविन्द पुन नजर ले जनता को आशा र भरोसा को एक मात्र पाटी नेपाल कम्युनिष्ट पाटी नेकपा भएको भन्दै जनता को खुसी र संवृद्धि को लागी नेकपामा गोलवन्द हुन को लागी आह्वान समेत गर्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पाटी नेकपा रुन्टीगढी ७ नं.वडा कमिटी अध्यक्ष होम बहादुर रोका को अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रम को सहजीकरण नेपाल कम्युनिष्ट पाटी नेकपा का टेकलाल पुन ले गर्नु भएको थियो।