लैङगिक हिंसा संम्वन्धी सचेतीकरण को लागी रोल्पा को होलेरी मा र्याली

होलेरी रोल्पा, मंसिर १७ रोल्पाको होलेरी मा बुधवार विहान रुन्टीगढी गाउँपालिका र ईलाका प्रहरी कार्यालय होलेरी रोल्पा को संयुक्त आयोजनमा लैंगिक हिंसा अन्त्य को प्रतिवद्धता,ब्याक्ती समाज र सवैको एक्यवद्धता भन्ने मुल नारा को साथमा लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान अन्र्तगत र्याली निकालिएको छ । लैंगिक हिंसा अन्त्य को लागी परिवर्तन आफैवाट सुरु गरौं, लैंगिक हिंसा गरे कानुन संवत कारवाही हुन्छ जस्ता लेखिएका प्लेकार्ड बोकी होलेरी वजार परिक्रमा गरि कोण सभा मा परिणत भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्ती,५ नं वडा समिति का अध्यक्ष याम बहादुर दशौदी राना, इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक संकर खड्का ,पर्यटन फोकल पर्सन दिपक डाँगी,स्थानिय समाजसेवी बुद्धीजिवी,राजनितिक दल का प्रमुख, नेपाल प्रहरी ,ब्यापारी ,नागरिक समाज,पत्रकार लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो । लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म संचालन हुने बताइएको छ । कार्यक्रम मा बोल्दै प्रहरी निरिक्षक संकर खड्का ले लैंगिक हिंसा विभिन्न कारण ले गर्दा हुने भएको ले यसको न्युनीकरणको लागी परिवर्तन आफैवाट सुरु गर्नुपर्ने र संम्वन्धित निकाय मा सम्पर्क गरी यसको निराकरण तर्फ लाग्नुपर्ने करामा जोड दिनुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै प्रवक्ता घर्ती ले लैंगिक हिंसा विरुद्ध सम्पुर्ण आम नागरिक एक भएर लागीपरे न्युनीकरण मा कुनै समस्या नहुने कुरा उल्लेख गर्नुभएको थियो ।कार्यक्रम को समापन गर्दै उपाध्यक्ष पुन ले हाम्रो गाउँसमाज मा पनि कहिकतै लैंगिक हिंसा को घटना हरु सुनिने र भेटिने गरिएको हुँदा यस को पुर्णरुपमा निराकरण गर्न को लागी हामी सवै ऐक्यवद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ।। कार्यक्रम को सहजीकरण रुन्टीगढी गाउँपालिका अन्र्तगत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा का शाखा प्रमुख शिला मल्लले गर्नु भएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.