Type Here to Get Search Results !

लैंगिक हिंसा अन्त्य नभएसम्म लैंगिक हिंसा विरुद्ध को अभियान जारी

होलेरी रोल्पा, मंसिर २६ रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरीमा रुन्टीगढी गाउँपालिका र ईलाका प्रहरी कार्यालयको संयुक्त आयोजनामा विहिवार लैंगिक हिंसा अन्त्य को प्रतिवद्धता,ब्याक्ती समाज र सवैको एक्यवद्धता भन्ने मुल नारा को साथमा लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान को समापन कार्यक्रम सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम वहादुर दशौदी राना को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, ईलाका प्रहरी कार्यालय का प्रहरी निरिक्षक संकर खड्का, उद्योग वाणिज्य संघ रोल्पा जिल्ला सदस्य गोविन्द पुन,लगायत विभिन्न शाखा का शाखा प्रमुख हरु विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक,विद्यार्थी, कर्मचारी,स्थानिय समाजसेवी हरुको उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो। लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म संचालन भएको र यसै क्रममा रोल्पा को होलेरी लगायत रुन्टीगढी गाउँपालिकाको विभिन्न स्थानमा लैंगिक हिंसा सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय का प्रमुख संकर खड्का ले बताउनुभएको छ । कार्यक्रम मा बोल्ने अधिकांस अतिथी हरुले लैंगिक हिंसा विभिन्न कारण ले गर्दा हुने भएको ले यसको न्युनीकरणको लागी परिवर्तन आफैवाट सुरु गर्नुपर्ने र संम्वन्धित निकाय मा सम्पर्क गरी यसको निराकरण तर्फ लाग्नुपर्ने करामा जोड दिएका थिए । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष दशौदीले हाम्रो गाउँसमाज मा पनि कहिकतै लैंगिक हिंसा को घटना हरु सुनिने र भेटिने गरिएको हुँदा यस को पुर्णरुपमा निराकरण गर्न को लागी हामी सवै ऐक्यवद्ध भएर लाग्नुपर्ने र यो १६ दिने अभियान समापन भयपनी लैंगिक हिंसा निराकरण नहुदासम्म यो अभियान निरन्तर रुपमा रहने बताउनु भएको छ ।