रोल्पाको रुन्टीगढीमा फुसको छानो हटाउने अभियान जारी

मनोज पुन, मंसिर ३० रोल्पाको रुन्टीगढी गाउँपालिकामा गाउँपालिका अन्र्तगतका ९ वटै वडाहरुमा जस्तापाता वितरण कार्य जारी रहेको छ । रुन्टीगढी गाउँपालिकाका ९ वटै वडाहरुमा गरिव तथा विपन्न परिवारहरुलाई जस्तापाता वितरण कार्य जारी रहेको हो। जस्तापाता वितरण कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले प्रदेश सरकार र स्थानिय सरकारको समपुरक योजना, सुरक्षित आवास कार्यक्रम अन्र्तगत यस्तो कार्य गरिएको र यसले वर्षातको समयमा पानी चुइने समस्यालाई केहि हद सम्म स्थानिय गरिव तथा विपन्न नागरिकहरुलाई मलमपत्तीको काम गरिएको बताउनु भएको छ । यो समचार संकलनको समयसम्म गाउँपालिकाका ६ वटा वडाहरुमा लक्षित वर्गहरुलाई जस्तापाता वितरण गरिसकेको र अव रुन्टीगढीगाउँपालिका २,३ र ४ नं.वडाहरुमा मा ६३ घरधुरी लाई वितरण गर्न वाकी रहेको जानकारी प्राप्त भएको छ । सुरक्षित आवास कार्यक्रम अन्र्तगत १ घरधुरी लाई ३० जस्ता पाता र ४ धुरीपाता गरी ३४ वटा टिन वितरण गरिएको वताइएको छ। जस्तापाता वितरण कार्यक्रमको सभाध्यक्षमा रुन्टीगढी गाँपालिकाका अध्यक्ष बालाराम बुढा रहनुभएको थियो भने अतिथीहरुमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक तथा ५ नं. का वडअध्यक्ष याम वहादुर दशौदी, ७ नं. का वडाअध्यक्ष जंग वहादुर घर्ती,वडा सदस्यहरु, विषयगत शाखाका शाखा प्रमुखहरु लगायतका रहनुभएको थियो,कार्यक्रमको सहजीकरण गाउँपालिकाका कम्प्युटर अपरेटर भागवत घिमिरेले गर्नुभएको थियो।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.