Type Here to Get Search Results !

बाख्रापालन सम्बन्धी तालिमको उद्घाटन सत्र होलेरीमा सम्पन्न

होलेरी रोल्पा,पुष १ ।। रोल्पाको रुन्टिगढी गाउँपालिका अन्र्तगत पशु स्वास्थ्य शाखा रोल्पाको आयोजनामा रोल्पाको होलेरीमा बाख्रापालक सम्बन्धी २ दिने तालिमको उद्घाटन कार्यक्रम बुधबार सम्पन्न भएको छ । रुन्टिगढी गाउँपालिका भित्रका कृषकहरुलाई बाख्रापालन व्यवसायबाट कसरी आर्थिक समृद्धी तर्फ लान सकिन्छ भने उद्देश्यको साथ तालिम संचालन गरिएको पशु स्वास्थ्य शाखा होलेरीका प्रमुख श्याममणि विकले बताउनुभयो । १८ जना कृषकहरुको उपस्थिती रहेको उक्त तालिमको उद्घाटन सत्रको अध्यक्षतामा रुन्टिगढी गाउँपालिका उपाध्यक्ष छमाया पुन रहनु भएको थियो । यस्तै अतिथीहरुमा रुन्टिगढी गाउँपालिका सामाजिक विकास संयोजक याम बहादुर दशौदी, निमित्त प्रमुख प्रशासकिय अधिकृत झग्गु केसी, प्रशिक्षक शंकर न्योपाने लगायत विभिन्न शाखाका शाखा प्रमुखको उपस्थिती रहेका थियो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास संयोजक दशौदीले रुन्टिगढी गाउँपालिकाले विगतका वर्षहरुमा कृषकको हकहितको लागि विभिन्न कार्यक्रमहरु गरेको भन्दै यो आर्थिक वर्षमा संचालन भएको यो बाख्रा पालन सम्बन्धी तालिमले बाख्रा पाल्ने कृषकहरुलाई नयाँ ज्ञान तथा व्यवसाय गर्नको लागि उर्जा थप्ने कुरामा आशा व्यक्त गर्नुभएको छ ।
तालिममा बाख्रा सम्बन्धी उत्पादन, रोग, पहिचान, न्युनिकरण तथा बजार व्यवस्थापन सम्बन्धी लगायतका कुराहरु सिकाइने प्रशिक्षक शंकर न्योपानेले जानकारी दिनुभयो ।
रुन्टिगढी गाउँपालिकार्का ै उपाध्यक्ष पुनले कार्यक्रमको समापन गर्दै यो तालिमले बाख्रापाल्ने कृषकहरु व्यवसायीक रुपमा बाख्रा पाल्ने र यस बाट आर्थिक रुपमा कृषकहरु मजबुत हुने बताउनु भएको छ । पशु स्वास्थ्य शाखाका प्रमुख श्याममणि विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पशु स्वास्थ्य शाखाका निम बहादुर डाँगीले गर्नु भएको थियो । ।