Type Here to Get Search Results !

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना सम्वन्धी अनलाईन तालिम होलेरीमा

होलेरी रोल्पा, मंसिर १८ रोल्पाको होलेरी मा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना सम्वन्धी अनलाईन तालिम बुधवार सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सम्पुर्ण वडा सचिव हरुलाई उक्त तालिम दिएको हो। यो तालिम को सिकाई पश्चात सुचना प्रविधिको युगमा नागरिकलाई सहजै संग सेवा प्रवाह गर्न को लागी तालिम ले महत्वपुर्ण भुमिका खेल्ने प्रशिक्षक एवं रुन्टीगढी गाउँपलिकाका पंजीकरण शाखाका शाखा प्रमुख धु्रव प्रकाश मल्लले जानकारी दिनुभएको छ । तालिम मंसिर ९ गते वाट सुरु भएर १७ गते बुधवार सम्पन्न भएको हो । समापन कार्यक्रम का अध्यक्षता रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्ट रहनुभएको थियो भने प्रमुख अतिथी रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा लगायत गाउँपालिका अन्र्तगत विभिन्न शाखाका शाखा प्रमुखहरु को उपस्थिती रहेको थियो । कार्यक्रममा बाल्दै तालिममा सहभागी रुन्टीगढी ६ का वडा सचिव भागवत घिमिरेले हामीले लिएको यो तालिम ले स्थानिय नागरिक को सेवा गर्न को लागी निकैनै सजिलो हुने बताउदै रुन्टीगढी का सम्पुर्ण वडाहरुमा इन्टरनेट को पुहँच पु–याइएको खण्डमा सवै सचिव हरुलाई काम गर्नमा अझै सहज हुने बताउनुभएको छ । कार्यक्रममा मा बोल्दै प्रमुख अतिथी बुढा ले जनता को सेवालाई प्रभावकारी र गणस्तर तरिकाले सम्पन्न गर्नको लागी यो तालिम को आयोजना गरिएको हुँदा तालिममा सिकेका कुराहरु लाई फिल्ड मा गएर ब्यवहार मा लागुु को लागी आग्रह गर्दै रुन्टीगढी गाउँपालिकाका सम्पुर्ण वडाहरुमा सेवालाई सहजता को लागी ईन्टरनेट पुर्याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ। कार्यक्रमको समापन गर्दै अधिकृत भट्टले हामी जनता को सेवक भएको हुदाँ जनता को सेवा गर्न को लागी सम्पुर्ण कर्मचारी हरुलाई कुनैपनी कन्जुसाई नर्गन आर्गह गर्नुभएको थियो ।