Type Here to Get Search Results !

सवारी दुर्घटना तथा कोरोनो रोकथामका लागी ईलाका प्रहरी कार्यालय होलेरी द्धारा यात्रु संग १ मिनेट कार्यक्रम सञ्चालनमा

मनोज पुन पौष ७ गते रोल्पाको पश्चिम क्षेत्र अन्तर्गत शहिदमार्ग सडक खण्डमा सवार गर्ने विभिन्न किसिमका सवारी साधनहरुलाई प्रहरीले दैनिक चेकजाँज गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिला हिंसा न्युनिकरण, यौन दुर्व्यवहार, आरक्षण सिटको व्यवस्था, कोरोना को महामारीलाई न्युनिकरण गर्न माक्सको प्रयोग, सेनिटाईजरको प्रयोग गर्नरगराउनको लागी सवारी साधनमा यात्रुसंग १ मिनेट भन्ने कार्यक्रमको थालनी गरेको आज चौथो दिन ५६७ जना यात्रुहरुलाई सचेत गराईएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काले आज जानकारी दिएका छन । उक्त कार्यक्रम मिति पौष ४ गतेबाट १ हप्ता सम्मको लागी थालनी गरीएकोमा आज चौथो दिन ५६७ जना यात्रु संग १ मिनेटको समय लिई यात्रुको पिरमर्कालाई सहजताको बाटो देखाउने कार्य भई रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । उक्त कार्यबाट दैनिक सवारी साधनमा हुने अपराध समेत न्युनिकरण भएको हुदाँ उक्त कार्यक्रम १ हप्तालाई मात्र नभई अभियानकै रुपमा निरन्तरता पाउने समेत निरीक्षक खड्काले जानकारी दिनु भएको छ । यसखालको कार्यक्रम ले महिला हिंसा न्युनिकरण, यौन दुर्व्यवहार, आरक्षण सिटको व्यवस्था, कोरोना को महामारीलाई न्युनिकरण गर्न माक्स,को प्रयोग, सेनिटाईजरको प्रयोग गर्नरगराउनको लागी सहसयोग पुग्ने अपेक्षा लिएको समेत उहाँले बताउनुभएको छ ।