Type Here to Get Search Results !

प्राविधिकहरुलाई खानेपानी सम्वन्धी तालिम होलेरी मा सुरु

मनोज पुन,होलेरी पौष ९ रोल्पाको पश्चिम क्षेत्र रुन्टीगढी गाउँपालिकाको आयोजनामा ग्रामिण खानेपानी योजनाको सर्भे, डिजाइन,तथा गुणस्तर नियन्त्रण सम्वन्धी ५ दिने तालिम बुधवार रुन्टीगढी गाउँपालिकाका प्राविधिकहरुलाई दिन सुरु गरिएको छ । खानेपानी योजना सम्वन्धी प्राविधिकहरुलाई विभिन्न विषयमा तालिम प्रदान गरी काममा गुणस्तरता ल्याउनको लागी यो कार्यक्रम सञ्चालन गरिएको रुन्टीगढी गाउँपालिकाका इन्जीनियर शेषमणि पौडेल ले जानकारी दिनुभएको छ ।रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई को सभाध्यक्ष मा सम्पन्न भएको कार्यक्रम को प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन यस्तै अतिथीहरुमा लेखा प्रमुख झग्गु केसी,प्रशिक्षकहरु राजकिशोर मण्डल,शालिकराम भण्डारी भरत बहादुर केसी लगायत को उपस्थिती रहेको थियो । कार्यक्रममा वोल्दै उपाध्यक्ष पुन ले रुन्टीगढी गाउँपालिका अन्र्तगतका प्राविधिकहरुलाई यो तालिम पश्चात उहाँहरुको काममा गुणस्तरता आउने कुरामा आशा ब्यक्त गर्नुभएको छ । कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख रुपेश अधिकारी ले गर्नुभएको थियो ।