यशियन लाइफ इन्सोरेन्स को १ दिने गोष्ठी होलेरीमा
21:03
मनोज पुन होलेरी रोल्पा,पौष १२
शनिवार रोल्पाको होलेरी मा यसियन लाइफ इन्सोरेनसको आयोजनामा युवाको लागी वित्तिय व्यवस्थापन कला सम्वन्धी १ दिने गोष्ठी सम्पन्न गरेको छ ।
विमाको महत्व र आवश्यकता को लागी यसियन लाइफ इन्सोरेनस भन्ने भनाई लाई आत्मसाथ गर्दै कार्यक्रम गरिएको वताइएको छ ।
यसियन लाइफ इन्सोरेनस दाङ शाखाका सहायक प्रमुख वसन्त भुसालको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,विशिष्ट अतिथीमा गाउँपालिकाकै सामाजिक विकास संयोजक याम वहादुर दशौदी राणा, लेखा प्रमुख झग्गु केसी,स्थानिय समाजसेवी,बुद्यीजिवि, कर्मचारी लगायत को उपस्थिती रहेको वताइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराईले कार्यक्रमको सफलताको कामना गर्दै विमा अर्को भाषामा सुरक्षा भएको भन्दै समयमा विमा गरे आफ्नो र आफ्नो परिवार सुरक्षित रहने कुरा उल्लेख गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण यसियन लाइफ इन्सोरेनस का सल्लाहकार भागवत घिमिरे ले गर्नुभएको जानकारी प्राप्त भएको छ ।