Type Here to Get Search Results !

कृषि तथा जीविकोपार्जन प्रर्वद्धन परियोजना गोल २ द्धारा अगुवा कृषक को लागी उन्नत कृषि अभ्यास प्रशिक्षक प्रशिक्षण तालिम होलेरीमा

मनोज पुन,होलेरी पौष १३ अष्ट्रेलियन एडको आर्थिक सहयोेग आडा« नेपाल रुपान्तरण र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपाल को साझेदारी मा संचालित जिवीकोपार्जन परियोजना गोल २ द्धारा अगुवा कृषक को लागी ५ दिने उन्नत कृषि अभ्यास प्रशिक्षक प्रशिक्षण को ५ दिने तालिमको उद्घाटन सत्र रोल्पाको होलेरीमा सोमवार सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष रुडास नेपालका अध्यक्ष विनोद रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढा यस्तै अतिथीहरुमा प्रशिक्षक याम प्रसाद पौडेल ,गोल परियोजनाका हिरा थापा ,राज रौनियार लगायत रुन्टीगढी गाउँपालिका अन्र्तगत का करिव २५ जना कृषकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा रुन्टीगढी गाउँपालिका भित्रका अगुवा कृषकहरुलाई कृषि सम्वन्धी विभिन्न विषयमाथी तालिम दिइने र सिकाउने जानकारी दिइएको छ । तालिममा कृषि पेशा अन्र्तगत तरकारीवाली को वारेमा ,यसको महत्व साथै आवश्यकता को बारेमा समेत प्रशिक्षण गरिने बताइएको छ। तालिम को समयमा व्यवहारीक ज्ञान हरु सिक्ने र सिकाउने वताइएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाले कृषि र पर्यटन रुन्टीगढी गाउँपालिकाकै मुख्य नारा भएको हुदा रुडास नेपाल ले यस्तो खाल को तालिम को आयोजना गर्नु प्रशंसायोग्य कार्य गरेको भन्दै यस्ता कृषि सम्वन्धी तालिमले यहाँ का कृषकहरुलाई नयाँ प्रविधिवाट तरकारी खेती गरी परिवार ,समाज र गाउँपालिकाकै आर्थिकस्तर मा माथी उठाउने कुरामा आशा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रलाई समापन गर्दै रुडास नेपाल का अध्यक्ष रिजालले तालिम लिन उपस्थित हुनुभएका सम्पुर्ण किसानहरुले तालिमममा सिकेका कुराहरु आफ्नो ब्यवहारीक जिवनमा लागु गरी पारिवारिक आयआर्जनमा वृद्धीगर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रम को सहजीकरण गोल २ परियोजना रुन्टीगढी गाउँपालिका का संयोजक वासुदेव पोखे्रल गर्नुभएको थियो ।