रुन्टीगढी गाउँपालिकाको आयोजनामा यातायात गुरुयोजना मस्यौदा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न

मनोज पुन,होलेरी पौष १३ रुन्टीगढी गाउँपालिकाको आयोजनामा यातायात गुरुयोजना मस्यौदा प्रस्तुतीकरण कार्यक्रम रुन्टीगढी गाउँपालिकामै सोमवार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बालाराम बुढाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष छमाँया पुन,प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई,लेखाप्रमुख झग्गु केसी,ईन्जीनियर शेषमणि पौडेल,रुनटीगढी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधीहरु लयायत को उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रुन्टीगढी गाउँपालिका अन्र्तगत सडकको तथ्यान्क,योजना निमार्ण, सडक वर्गिकरण,प्राथमिकीकरण, चक्रपथको सम्भावना, कार्यान्वयन को योजना को वारेमा वृहत छलफल भएको हो । रुन्टीगढी गाउँपालिकामा ३०।४२ प्रतिशत खेतीयोग्य जमिन र ५० प्रतिशत वन क्षेत्र भएको जानकारी दिदै गाउपालिका भित्र ९।८२ ग्राभेल वाटो भएको वताइएको छ । सडक निर्माणमा अधिकतम सडक निर्माण गर्ने वडामा रुन्टीगढी ६ मा करिव ८० किलोमिटर सडक निर्माण भएको वताइएको छ । यस्तै न्युनतम सडक निर्माण गर्ने वडाहरुमा रुन्टीगढी ४ नं मा ३९।२७ किलोमिटर र २ नं वडामा ४०।३५ किलोमिटर सडक निर्माण भएको वताईएको छ। आवश्यकता अनुसार अझै ८७ किमी नयाँ सडक वनाउने माग भएर आएको कार्यक्रममा वताइएको छ । कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका वडाअध्यक्षहरुले आआफ्नो वडाको वाटो को अवस्था को वारेमा र निमार्ण गर्नुपर्ने बाटो को वारेमा जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा रुन्टीगढी गाउँपालिकाअन्र्तगत करिव १०५ किलोमिटर वरावर को चक्रपथ को प्रस्ताव समेत गरिएको र उक्त कार्य निमार्ण को लागी अनुमानित लागत सम्वन्धी ब्यापक छलफल भएको थियो । कार्यक्रम को समापन गर्दै गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कार्यक्रम संचालक ले ल्याउनुभएको रिर्पोटमा अथक मेहनत भएको वताउदै रुन्टीगढी गाउँपालिकामा करिव ९० प्रतिशत क्षेत्रमा सडक विस्तार भएको वताउनु भएको छ । वडास्तर वाट आएको सुझाव लाई आत्मसाथ गर्दै सडक विस्तार कार्य गर्नेकुरामा जोड दिनुभएको छ । अहिले पनि धेरै वजेट नै सडकमा भएको हुँदा आएका सुझाव लाई आत्मसाथ गर्दै प्रतिवेदन पेश गर्ने अपेक्षा लिइएको वताउनु भएको छ । कार्यक्रम को सहजीकरण इन्जीनियर किशोर वगाले थापाले गर्नुभएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.