Type Here to Get Search Results !

स्वस्तिक रोजीन एण्ड टर्पेनटाइनको सार्वजनिक सुनुवाई कार्यक्रम होलेरी मा सम्पन्न

मनोज पुन,होलेरी पौष १५ खोटे सल्लाको रुखहरुवाट खोटो संकलन गर्दा स्थानिय वातावरणमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावको पहिचान गर्ने क्रममा आयोजित स्वस्तिक रोजिन एण्ड टर्पेनटाइनको सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार रोल्पाको होलेरीमा सम्पन्न भएको छ । स्वस्तिक रोजीन एण्ड टर्पेनटाइन होलेरी का प्रमुख चुडामणि पौडेल को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी मा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम वहादुर दशौदी राणा यस्तै अतिथीहरुमा, रुन्टीगढी सवडिभिजन वन कार्यालयका प्रमुख दिपक शाही, नाडेप लघुवित्त वित्तीय संस्थाका प्रमुख प्रदिप आर्चाय, गढिलेक सहकारी का प्रमुख क्रृषिराम श्रेष्ठ लगायत सम्वन्धीत वन उपभोक्ता समुहका प्रमुख तथा प्रतिनिधि,स्थानिय समाजसेवी बुद्यिजिवी,पत्रकार लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्वस्तिक रोजिन होलेरीले एक वर्षभित्र गरिएको क्रियाकलाप तथा गरिएको आर्थिक कारोवारको वारेमा प्रस्तुत गरिएको थियो। उद्योगले २०६३ सालमा इआईए स्विकृत गरेपछिमात्रै सञ्चालनमा आएको र काम को सुरुवातमा दैलेख जाजरकोट,गुल्मी हुँदै आर्थिक वर्ष ०७७÷७८ देखि रोल्पा जिल्लामा पनि खोटो संकलन गर्न सुरु गरिएको वताइएको छ ।अहिले विशेष गरी रोल्पाको रुन्टीगढी गाउँपालिकाको १८ वटा सामुदायिक वन उपभोक्ता संग सम्झौता गरी काम सुरु गरिएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा सम्वन्धीत सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीसंग वन र कम्पनी विचमा भएगरेको कामकारवाहीको वारेमा अन्र्तक्रिया कार्यक्रम समेत गरिएको हो । यसैविचमा उपस्थित हुनुभएका आम नागरिकवाट आएको जनगुनासो र प्रश्न को जवाफ स्वस्तिक रोजिन होलेरी का प्रमुख चुडामणि पौडेलेले दिनुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी राणाले यस रोजिन ले प्रत्यक्ष करिव २०० जना स्थानिय नागरिकले रोजगारी पाएको कुरा सकारात्मक पक्षभएको उल्लेख गर्दै यस उद्योगले काम गर्दा नितिनियमलाई पालना गर्दै काम गर्नको लागी आग्रह समेत गर्नुभएको छ । साथै यस स्वस्तिक रोजीनले वृक्षारोपन र रचनात्मक कार्यक्रम ल्याउनको लागी आग्रह गर्नुभएको छ । स्वस्तिक रोजिन एण्ड टर्पेनटाइन होलेरीका प्रतिनिधी भुपेन्द्र केसीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियो होलेरी का स्टेशनम्यानेजर केशवराज चन्द ले गर्नुभएको थियो।