Type Here to Get Search Results !

रोल्पाको रुन्टीगढीमा गोमा वचाउ अभियान सुरु, सम्पुर्ण सहयोगी मनहरु अभियान मा जोडिन पल बहादुर नेपाली को आग्रह

मनोज पुन, पौष २ जिन्दगीमा भविष्यका उज्जवल सपनाहरु वोकेर नहिड्ने को होला र ?जिवन एउटा सुन्दर फूल सम्झदै आफ्नो उद्येश्यलाई साकार पार्नको लागी मान्छे निरन्तर घनिभुत रुपमा लागी लागीपरिहेको हुन्छ। तर रुन्टीगढी गाउँपालिका वडा नं. ५ मा एउटा विपन्न परिवारका १४ वर्षिया यस्तो वालिका छिन्,जसले आफ्नो भविष्यका उज्जवल सपनाहरु वोकेर हिड्नेको त परैको कुरा,आफ्नो ज्यान कसरी वचाउने हो भन्ने चिन्ता ले नै थलिएकी छिन्। विगत २ वर्ष देखि आफ्नो अनुहारमा सामान्य यर्लजी जस्तो भएको र पछिल्लो समयमा क्यान्सरको रुपमा परिणत भई अहिले आँखा नाक र मुख समेत नभएर आफुलाई निकै समस्या भएको गोमा नेपाली को भनाई रहेको छ ।उनी भन्छिन् ,“पढ्ने लेख्ने,काम गर्ने र वुवा आमा को सपना पुरा गर्ने कुरा त सपनै भयो तर आफु कसरी वाच्ने हो ।” वुवा पल बहादुर नेपालीले आफ्नो छोरीलाई विभिन्न अस्पतालमा उपचार गर्दागर्दै करिव ५÷६ लाख रुपैया सकिएको र उपचारकै क्रममै घरवास समेत वन्धकीमा राखिएकको उल्लेख गरेका छन्। अव उपचार गर्न को लागी आफुले मजदुरी गरेर नपुग्ने भन्दै आफ्नो छोरी गोमालाई वचाईदिन को लागी सम्पुर्णमा आग्रह समेत गरेका छन्। यसै सन्र्दभमा रुन्टीगढी गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष याम बहादुर दशौदी राना लाइ विपन्न परिवार को छोरीचेली गोमा नेपालीलाई वचाउन को लागी वडा कार्यालय वाट सक्दो सहयोग गर्ने कुरामा कुनैपनि कन्जुसाई नगर्ने कुरा उल्लेख गर्दै तत्कालै उक्त वालिकालाई अपांगता परिचयपत्र को लागी सिफारिस गरिएको र उपचार को लागी स्थानिय सरकार संग पहल गरी गोमा वचाउ अभियाननै थालनी गरिने वताउनुभएको छ। गोमा वचाउ अभियान मा सामेल हुन को लागी उहाँले ९७४८५१७१४३ मा जोडिन को लागी सम्पुर्ण मा अपिल समेत गर्नुभएको छ। यसै सन्दर्भमा रुन्टीगढी ५ जस्पुरका विपन्न परिवार का गोमा नेपाली लाई वचाउन स्थानिय सरकार रुन्टीगढी गाउँपालिका ले के गर्न सक्छ भनी हामीले गाउँपालिकाका अध्यक्ष बालाराम बुढा लाई फोन सम्पर्क गरेका थियौं, यसै सन्दर्भमा अध्यक्ष बुढाले पालिका भित्र विपन्न परिवारका चेलीलाई उक्त रोगवाट उद्धार गर्नको लागी स्थानिय सरकार ले तत्कालै कार्यपालिकाको वैठक वसी कार्यपालिकाको निर्णय अनुसार सहयोग गरिने जानकारी दिनुभएको छ। साथै उहाँले विभिन्न मनकारी ब्यक्तित्वहरु तथा प्रदेशसरकार संग समन्वय गरी गोमा वचाउ अभियान जाडिनको लागी सम्पुर्ण सहयोगीमनहरुलाई अपिल समेत गर्नुभएको छ ।।