१७ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस होलेरी मा मनाइयो

१७ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस होलेरी मा मनाइयो मनोज पुन होलेरी रोल्पा, मंसिर २१ रोल्पाको रुन्टीगढी गाउँपालिकामा शनिवार कोभिड १९को रोकथाम र संवृद्धिको लागी संयुक्त कार्य,महिला स्वास्थ्य स्वयंसेविका अपरिहार्य भन्ने मुल नाराको साथमा १७ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। रुन्टीगढी गाउँपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रम को अध्यक्षता मा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा रहनुभएको थियो। कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले १ वर्ष सम्म गरिएको कार्य विवरण समेत प्रस्तुत गरिएको थियो। कार्य विवरणमा १ वर्षमा ५९० आमा समुह संग वैठक गरी छलफल गरिएको,गर्भवती महिलाहरु संग १२१९ भेट गरी परामर्स गरिएको,४६० पटक आईरन चक्की वितरण गरिएको लगायत को कार्य विवरण प्रस्तुत गरिएको छ । १७ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस को अवसरमा नौ वटै वडाहरुका उत्कृष्ट स्वास्थ्य स्वयंसेविकाहरु लाई नगद र सम्मानपत्र ले सम्मान समेत गरिएको छ। कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुलाई काम गर्दा आईपर्ने समस्याको बारेमा स्वास्थ्य स्वयंसेविका र संम्वन्धीत सरोकारवाला संग अन्र्तक्रिया कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा बाल्ने अधिकांस बक्ताहरुले महिला स्वास्थ्य स्वयंसेविकाहरुले ग्रामिण क्षेत्रमा स्वास्थ्यक्षेत्रमा गरेको योगदान को प्रशंसा समेत गरेका थिय। कार्यक्रमको समापन गर्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले कार्यक्रममा उठेका विषयगत कुराहरुको जवाफ दिदै, महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रको जग वसाउने कार्य गरेको भन्दै काम गर्ने क्रममा उहाँहरुलाई आवश्यक पर्ने स्रोत र साधन को कमहुन नदिने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रम को अतिथीहरुमा प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,प्रवक्ता जगत बहादुर घर्ती,सामाजिक विकास संयोजक याम बहादुर दशौदी राणा,१नं वडाअध्यक्ष मिन बहादुर थापा,७ नं का वडाध्यक्ष जंग बहादुर घर्ती,लेखा प्रमुख झग्गु के.सी.,प्राथमिक स्वास्थ्य केन्द्र होलेरी का डा. आधार वली,गाउँपालिकामा कार्यरत अ.न.मी मालती वस्नेत,विभिन्न स्वास्थ्य चौकी का प्रमुखहरु लगायत महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य प्रमुख गणेश बुढा ले गर्नु भएको थियो।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.