Type Here to Get Search Results !

रुन्टीगढी ४ मा लैंगिक हिंसा अन्त्य को र्याली निकालियो

मनोज पुन होलेरी रोल्पा, मंसिर २० रोल्पाको रुन्टीगढी गाउँपालिका ४ सुर्पालवजारमा शुक्रवार विहान ईलाका प्रहरी कार्यालय होलेरी रोल्पा को आयोजनामा लैंगिक हिंसा अन्त्य को प्रतिवद्धता,ब्याक्ती समाज र सवैको एक्यवद्धता भन्ने मुल नारा को साथमा लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान अन्र्तगत र्याली निकालिएको छ । लैंगिक हिंसा अन्त्य को लागी परिवर्तन आफैवाट सुरु गरौं, लैंगिक हिंसा गरे कानुन संवत कारवाही हुन्छ जस्ता लेखिएका प्लेकार्ड बोकी सुर्पाल वजार परिक्रमा गरि कोण सभा मा परिणत भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, रुन्टीगढी ४ का वडाअध्यक्ष पारसमणि गीरी, इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक संकर खड्का ,स्थानिय समाजसेवी बुद्धीजिवी,राजनितिक दल का प्रमुख, नेपाल प्रहरी ,ब्यापारी ,नागरिक समाज,पत्रकार लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो । लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म संचालन हुने बताइएको छ । कार्यक्रम मा बोल्दै प्रहरी निरिक्षक संकर खड्का ले लैंगिक हिंसा विभिन्न कारण ले गर्दा हुने भएको ले यसको न्युनीकरणको लागी परिवर्तन आफैवाट सुरु गर्नुपर्ने र संम्वन्धित निकाय मा सम्पर्क गरी यसको निराकरण तर्फ लाग्नुपर्ने करामा जोड दिनुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुढा ले लैंगिक हिंसा विरुद्ध सम्पुर्ण आम नागरिक एक भएर लागीपरे न्युनीकरण मा कुनै समस्या नहुने कुरा उल्लेख गर्नुभएको थियो ।