Type Here to Get Search Results !

लैङगिक हिंसा तथा लागुऔषध सम्वन्धी अभिमुखीकरण कार्यक्रम होलेरी मा सम्पन्न

मनोज पुन होलेरी रोल्पा, मंसिर २३ रुन्टीगढी गाउँपालिका को श्री महेन्द्र माध्यमिक बिद्यालय होलेरी रोल्पामा मंगलवार लैङगिक हिंसा तथा लागुऔषध सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय होलेरी रोल्पाको आयोजनमा लैङगिक हिंसा न्युनीकरण तथा लागुऔषध सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो । श्री महेन्द्र माध्यामिक बिद्यालय होलेरी का कक्षा ११ र १२ का करिव ५० जना विद्यार्थी लाई लागुऔषध दुब्र्यसनी, वालविवाह, लैङगिक हिंसा सम्वन्धी जनचेतना मुलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभएको छ । कोरोना को जोखिम लाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी कार्यक्रम गरिएको वताइएको छ । लैङगिक हिंसा तथा लागुऔषध सम्वन्धी अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरुमा चेतना फैलाई व्यबाहारी जिवन मा समेत लागु हुने अपेक्षा गरिएको प्रहरी निरीक्षक खड्काले वताउनुभएको छ साथै यस्ता खालका कार्यक्रम लाई गाउँपालिका भित्र रहेका सम्पुर्ण विद्यालयहरुमा पुर्याउने समेत जानकारी दिनुभएको छ ।