Type Here to Get Search Results !

डुव्रिङमा खानेपानीको उद्घाटन, संरक्षणमा जोडदिन गाउँपालिका अध्यक्षको आग्रह

मनोज पुन,होलेरी पौष १८ रोल्पाको रुन्टीगढी गाउँपलिका अन्र्तगत रुन्टीगढी ६ डुव्रिङमा, डुव्रिङ खानेपानी उपभोक्ता तथा सरसफाई समितीको उद्घाटन तथा तेस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । डुव्रिङ खानेपानी उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष गोविन्द घर्तिको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा रहनुभएको थियो। यस्तै विशिष्ट अतिथीमा रुन्टीगढी गाउँपालिकाका प्रवक्ता एवं ६ नं. का वडाध्यक्ष जगत बहादुर घर्ति , अतिथीहरुमा वडा सदस्यहरु,राजनितीकदलका प्रमुख तथा प्रतिनिधि रुन्टीगढी वनमहासंघ का अध्यक्ष घन बहादुर घर्ती, राष्ट्रिय नेपाल माध्यमिक विद्यालय डुव्रिङ का प्रधानाध्यापक केशर बहादुर घर्ती लगायत विभिन्न संघ संस्था का प्रमुख एवं प्रतिनिधि,स्थानिय बुद्यीजीवी, ब्यापारी,नागरिक,पत्रकार लगायत को उपस्थिती रहेको थियो । कार्यक्रममा खानेपानी समिती अन्र्तगत भएका समस्या तथा समितिको बारेमा छलफल गरिएको जानकारी प्राप्त भएको छ । नेपाल सरकारको केन्द्रिय वजेत रु५०,३७,५७४.२७ ÷– र स्थानिय समुदायको करिव २० प्रतिशत जनश्रमदान वाट १३५ घरधुरी लाई एक घर एक धारा वनाउन सफल भएको समितीका अध्यक्ष गोविन्द घर्तीले जानकारी दिनुभएको छ। साथै उहाँले यहाँको स्थानिय वासिन्दाको सक्रियताका कारण ३ वर्षे योजनालाई करिव २ वर्ष ६ महिनामा सम्पन्न गर्न सकियको भन्दै खुसी व्यक्त गर्नुभएको छ । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी जगत बहादुर घर्ती ले यहाँका स्थानिय जनताको जागरुकताले नयाँ पाठ सिकाएको भन्दै आफ्नो समाज लाई विकासतर्फ उन्मुख पार्नकोलागी सम्वन्धीत उपभोक्ताहरु सक्रिय हुन नितान्त आवश्यक भएको कुरामा जोड दिनुभएको छ । कार्यक्रममा व्यानर पढेर उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहनुभएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले देश संघिय संरचनामा प्रवेश गरेको यो परवेशमा आफ्नो गाउँसमाजमा विकासको गती दिनको लागी स्थानियवासीहरु तदारुकताको साथमा हातेमालो गर्दै विकासको कार्यमा लम्कन आग्रह गर्नुभएको छ। रुन्टीगढी गाउँपालिका अन्र्तगत हरेक वडा तथा टोल टोलमा विकासको कार्यमा हातेमालो गर्नको लागी स्थानिय सरकार सधै तत्पर रहको कुरामा उहाँले जोड दिनुभएको छ ।परिश्रम गरेर निर्माण भैसकेका सम्पुर्ण काम बाट त्यसको प्रतिफल लिनको लागी त्यसको संरक्षण गर्नुपनि महत्वपुर्ण पक्ष रहेको कुरा उल्लेख गर्दै खानेपानीका ट्याङकी तथा धाराहरुको संरक्षण गर्दै उपभोग गर्न पनि सम्पुर्णमा आग्रह गर्नुभएको छ। स्थानिय समाजसेवी खिम बहादुर घर्ती को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण तिलक विक्रम पुन ले गर्नुभएको थियो ।