Type Here to Get Search Results !

गढिलेक बचत तथा क्रृण सहकारी संस्थाको १३ औ साधारण सभा होलेरीमा

पौष २५ रोल्पाको रुन्टीगढी ७ होलरीमा गढिलेक बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको १३ औ साधारण सभा सम्पन्न भएको छ । गढिलेक बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष क्रृषिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथी रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन यस्तै अतिथीहरुमा उपाध्यक्ष प्रेमा सुवेदी कोषाध्यक्ष रेशम बहादुर बुढाथोकी लेखा संयोजक महेन्द्र रोका लगायत सम्पुर्ण समिती का सदस्यहरु को उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मैन बत्ती वालेर प्रमुख अतिथी छमायाँ पुनले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा एक वर्षसम्म भएका क्रियाकलाप तथा आर्थीक प्रतिवेदनको वारेमा कोषाध्यक्ष रेशम बहादुर बुढाथोकी ले गर्नुभएको थियो ।कुल ८४३ जना शेयर सदस्य भएको गढिलेक बचत तथा क्रृण सहकारी संस्थाको आर्थिक वर्ष २०७६÷७७ मा ३ करोड ३४ लाख ३८ हजार ५ रुपैयाँको कारोवार संचालन गरी कुल मुनाफा २० लाख ३२ हजार ६३ रुपैया भएको जानकारी दिनुभएको छ । कार्यक्रममा लेखा प्रतिवेदन लेखासंयोजक महेन्द्र रोका ले प्रस्तुत गर्नुभएको थियो । लेखा प्रतिवेदन प्रस्तुत गर्दै गर्नुपर्ने कामकारवाही को वारेमा समेत उहाँले अवगत गराउनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन ले यस गढिलेक बचत तथा क्रृण सहकारी संस्थाले ग्रामिण भेगमा निम्नवर्गिय परिवारमा लगानी गरी उनिहरुको आर्थिक अवस्थामा सुधार ल्याउनको लागी गरिएको यो प्रयास सकारात्मक भएको भन्दै कार्यक्रमको पुर्ण सफलताको कामना समेत गर्नुभएको थियो । गढिलेक बचत तथा क्रृण सहकारी संस्थाका उपाध्यक्ष प्रेमा सुवेदी को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण गढिलेक बचत तथा क्रृण सहकारी संस्थाका सचिव टिकाराम सेजवाल ले गर्नुभएको थियो ।