Type Here to Get Search Results !

पालिकास्तरिय पोषण कार्यक्रमको समिक्षा होलेरीमा

पौष २५ रोल्पाको रुन्टीगढी गाउँपालिकाको आयोजनामा पालिकास्तरिय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी सम्वन्धी एक कार्यक्रम शनिवार होलेरी मा सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुन को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा पोषण तथा स्वास्थ्य अधिकृत विवेक उप्रेती,रुडस नेपालका फिल्ड संयोजक टेकेन्द्र घर्ती,स्वास्थ्य संयोजक गणेश बुढा लगायत विभिन्न क्षेत्रका स्वास्थ्य प्रमुखको उपस्थिीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बालबालिका किशोर तथा महिलाको बिद्यमान अवस्थाको सम्वन्धमा,स्वास्थ्यकर्मी को क्षमता अभिवृद्धी तथा पोषण को सुचकको बारेमा समेत अन्र्तक्रिया गरिने जानकारी प्राप्त भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथी रुडास नेपाल फिल्ड संयोजक घर्ती ले पोषण भनेको ब्यबाहार परिवर्तन हो ।अर्थात ब्यबहार संग जोडिएको हुदाँ परिवर्तन गर्न नितान्त आवश्यक रहेको कुरामा जोड दिनुभएको छ । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष छमायाँ पुन ले कार्यक्रम मा सिकेको र जानेको कुराहरु फिल्डमा गएर ब्यवहारमा लागुगर्नुपर्ने कुरामा जोड दिदै कार्यक्रमको फलदायीको कामना समेत गर्नुभएको थियो। रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण अ.न.मी. मालती वस्नेत ले गर्नुभएको थियो ।