रुन्टीगढी गाउँपािलकाकोे आठौँ गाउँसभा सम्पन्न,३ विधेयक पारित

पौष २७ रोल्पा रुन्टीगढी गाउँपालिकाको आठौँ गाउँ सभा सोमवार सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको सभाध्यक्षमा सम्पन्न भएको गाउँसभामा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई लगायत सम्पुर्ण गाउँसभाका सदस्यहरुको उपस्थितीमा ३ वटा विधेयक पारित गरिएको हो । गाउँसभाका सदस्यसचिव एवं रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराईले संचालन गर्नुभएको गाउँसभामा गाउँसभाका अध्यक्ष एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले गाउँसभा समक्ष ४ वटा विषयवस्तु लाई छलफल को साथमा पारितको लागी अनुमती दिनुभएको थियो । रुन्टीगढी गाउँपालिका लगायत सम्वन्धीत वडा समितीमा,फोहरमैलाको रुपमा रहेको सिसाजन्य वस्तुको निर्यात,पालिकाबाट निर्यात गरिने विभिन्न वस्तुको कर लगायत ब्यवसायीहरुको सहजताकोलागी आवश्यक नितीनियमको शंशोधनको लागी विनियोजन विधेयक,आर्थिक विधेयक र वातावरण तथा प्राकृतिक संरक्षण ऐनलाई गाउँसभामा छलफल गरी सर्वसम्मत परित गरिएको हो । रुन्टीगढी गाउँपालिका अन्र्तगत वडाहरुको सिमा तथा नक्साको वारेमा १ महिना थप छलफल गर्ने जानकारी प्राप्त भएको छ । गाउँसभाका सम्पुर्ण सदस्यहरुले विषयगत रुपमा आठौँ गाउँसभामा आफ्नो मत प्रस्तुत गर्नुभएको थियो।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.