रोल्पामा बालबिबाह गर्न लागेको एक जोडी १ घण्टा प्रहरीको नियन्त्रणमा

पौष २९ होलेरी रोल्पामा बालबिबाह गर्न लागेको एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय होलेरीको एक हप्ते बालबिबाह,लैङ्गीक हिंसा र आत्महत्या न्यूनीकरण सम्वन्धी अभियानको थालनी गरेको पाँचौ दिन, गाउँगाउँ पुगेको ईलाका प्रहारी कार्यालय होलेरीको टोलिले त्रिबेणी गाउँपालिका वडा नम्बर २ दहबन स्थित बालबिबाह हुन लागेको आफुहरुको अभियानकै क्रममा थाह पाएपछि बालबालिका र अबिभाबकलाई समेत नियन्त्रणमा लिएर सम्झाईबुझाई अभिभावकको जिम्मा लगाइएको ईप्रका होलेरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो।आफुहरुले दक्षिणी रोल्पाका विभिन्न गाउँहरुमा घरदैलो कार्यक्रम गरिरहदा दुर्गममा बालबिबाह र आत्महत्या न्यूनीकरणको शुरूवात गरेको केहि दिन नबित्दै अभियानकै क्रममा यस्तो घट्ना घट्नु चेतनाको अभाव भएको बताउँनुभयो। अभियानकै क्रममा स्थानिय नागरिकको घरदैलोमा पुगी बालबिबाह,लैङ्गीक हिंसा र आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामुलक जानकारी दिने गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभएको छ। यो अभियान अझै २ दिन सम्म चल्ने जानकारी प्राप्त भएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.