Type Here to Get Search Results !

नेपाल कम्युनिष्ट पाटी ने.क.पा.वली वादल पक्षको रुन्टीगढी गाउँपालिका गाउँ संगठन कमिटीको कार्यकर्ता भेला सम्पन्न..

होलेरी रोल्पा,माघ १० नेपाल कम्युनिष्ट पाटी ने.क.पा.वली वादल पक्षको रुन्टीगढी गाउँपालिका गाउँ संगठन कमिटीको बैठक तथा कार्यकर्ता भेला रोल्पा को होलेरी मा सम्पन्न..भएको छ । नेपाल कम्युनिष्ट पाटी ने.क.पा. रुन्टीगढी गाउँपालिकाका संयोजक गोपाल डाँगी को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पाटी ने.क.पा.का केन्द्रिय सदस्य कुमार दशौदी, बालाराम बुढा, ईश्वरी जि.एम., शान्त कुमार वली, रिमा नेपाली,मिना बुढा,अनेरास्ववियु केन्द्रिय सचिव अमृत घर्ती,दुई महिने अभियानका संयोजक निम प्रसाद रोका लगायतको उपस्थितीमा रुन्टीगढी गाउँपालिकाका कार्यकर्ता विच अन्र्तक्रिया समेत गरिएको पाटीका केन्द्रिय सदस्य ईश्वरी जि.एम ले जानकारी दिनुभएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य बालाराम बुढाले देशलाई दुर्घटना वाट वचाउनको लागी संसद विघठनको विकल्प नभएको वताउदै ,जनता शर्वश्रेष्ठ नै भएको हुँदा ताजा जनादेश वाट अगाडी वढ्नको लागी सम्पुर्ण आम कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका केन्द्रिय सदस्य कुमार दशौदीले पाटीको वैधानिकताको विषयमा विचलित नहुन सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह गर्दै ,पाटी एकिकरण पश्चात जनताको भावना अनुरुप काम गर्नको लागी सहयोगै नगरी खुट्टा तान्ने प्रवृती ले गर्दा यो अवस्था आएको वताउनुभएको छ । कार्यक्रममा १५ गते सम्म वडास्तरमा गएर जनताको भावना बुझ्ने र १७ गते सदमुकाम मा जनवर्गिय संगठनको विस्तार गर्ने पनि जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिष्ट पाटी ने.क.पा.का बुद्धीमान पुन को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम को सहजीकरण नेपाल कम्युनिष्ट पाटी ने.क.पा का जिल्ला सदस्य नेप बहादुर थापा ले गर्नुभएको जानकारी प्राप्त भएको छ ।