रोल्पाको रुन्टीगढीमा ५ शैयाको कोरोना विशेष अस्पताल सञ्चालनमा

मनोज पुन,होलेरी पौष १९ रोल्पाको रुन्टीगढी गाउँपालिकामा विश्वमा कोरोना महामारीको समयमा ५ शैयाको कोरोना विशेष अस्पतालको एक कार्यक्रमका विच आइतवार उद्घाटन गरिएको छ। अव रुन्टीगढी गाउँपालिकामा स्थानिय नागरिकलाई कोरोना संक्रमण भएमा अन्य ठाउँमा गएर उपचार गर्नुपर्ने बाध्यता नभएको बताइएको छ । रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षता मा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथी हरुमा उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई,गाउँपालिकाका प्रवक्ता जगत वहादुर घर्ती,सामाजिक विकास संयोजक याम बहादुर दशौदी राणा,पर्यटन फोकल पर्सन दिपक डाँगी,लगायत स्थानिय बुद्यजीवी,पत्रकार को उपस्थिती रहेको थियो । रिवन काटेर कोरोना विशेष अस्पतालको उद्घाटन तथा अवलोकन गर्र्दै गाउँपालिकाका अध्यक्ष बुढाले अव स्थानिय नागरिकलाई कोरोना संक्रमण भएको खण्डमा रुन्टीगढी ६ मा रहेको कोरोना विशेष अस्पतालमा उपचार गरिने जानकारी दिनुभएको छ । साथै उहाँले कोरोना को जोखिम अझै कायमै रहेकोले विभिन्न सामाजिक सुरक्षाहरु अपनाएर आफ्नो काम गर्न र मास्क तथा सेनिटाइजर को प्रयोग गर्न पनि सम्पुर्णमा आग्रह गर्नुभएको छ । रुन्टीगढी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गणेश बुढा को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण अनमी मालती बस्नेत ले गर्नुभएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.