नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिए
17:21
काठमाडौं, माघ माघ १० । नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५४५ जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो ३४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९८६ पुगेको छ
पछिल्लो २४ घण्टामा ४८० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ ।